काठमाडौं । आज मृत्यु भएका छोरा स्वर्गीय प्रकाश दाहाललाई बुबा पुष्पकमल दाहालले दागबत्ती दिएका छन् । प्रकाशका छोराहरुको ब्रतबन्ध नभएका कारण प्रचण्डले नै दागबत्ती दिएका हुन् ।
पशुपति आर्यघाटमा प्रकाशको दहासंस्कार भइरहेको छ । यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।
२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।