मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विकास र समृद्धिका लागि नेपाली काँग्रेस लाई चुन्नुहोस्’
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, मंसिर ३ ।
    चुनावको मिति नजिकिँदै गर्दा लोकतान्त्रिक गठबन्धनले बाँकेमा प्रचारप्रसारलाई तीब्र बनाएको छ । उम्मेदवारहरुले बाँकेका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ वटै प्रदेश सभा क्षेत्रमा आज
    (आइतबार) पनि प्रचारप्रसारलाई तीब्रता दिएको जनाएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभा ख का उम्मेदवाहरुले आज (आइतबार) घरदैलो गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ का चप्परगौडी, खड्गवार, मिगुवा, मसुरी खेत, सुन्दरी वस्ती, बाउना लगायतका स्थानमा घरदैलो गरेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्रीले जानकारी दिए । घरदैलोमा प्रदेश सभा ख का उम्मेदवार नारायण गौडेल लगायतका नेता कार्यकर्ता सहभागी भएको कांग्रेस कोहलपुरले जनाएको छ । लोकतन्त्रको रक्षा र विकास तथा समृद्धिका लागि आफूहरुलाई जिताउन मतदाता समक्ष आग्रह गरेको खत्रीले बताए । प्रदेश सभा क का उम्मेदवार शरदचन्द्र बर्माले पनि आफ्नो क्षेत्रमा घरदैलो र कोणसभा जारी राखेको बताएका छन् ।
    बाँके क्षेत्र नम्बर २ र प्रदेश सभाका क र ख निर्वाचन क्षेत्रमा पनि प्रचारप्रसारलाई तीब्रता दिइएको लोकतान्त्रिक गठबन्धनले जनाएको छ । २ क को हिरमिनियामा घरदैलो र कोणसभा गरिएको छ । त्यस्तै २ क कै नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १८ कारकाँदोमा पनि घरदैलो गरिएको छ । त्यस्तै २ ख को नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालयको आज(आइतबार) उद्घाटन गरिएको छ । २ ख कै नेपालगञ्ज वडा नम्बर ९ बाँकेगाउँमा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको राप्रपाका नेता ऋषि देवकोटाले बताए । ती कार्यक्रमहरुमा प्रतिनिधि सभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभाका उम्मेदवारद्वय निरन्जनसिंह सिंजापति र सुरेन्द्र हमाल लगायत कांग्रेस र राप्रपाका नेता कार्यकर्ता सहभागी थिए । नेपालगञ्जको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको विजयको विकल्प नभएको भन्दै उम्मेदवारहरुले आफूहरुलाई मतदान गर्न आग्रह गरे ।
    क्षेत्र नम्बर ३ र प्रदेश सभाका क्षेत्रहरुमा पनि उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । आज (आइतबार) साईगाउँ र राधापुरमा विशाल सभा गरिएका छन् । प्रतिनिधि सभाका उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा ख का उम्मेदवार लक्ष्मीनारायण शाहले कांग्रेसको पुरानो शाख फर्काउने अवसर आएको भन्दै आफूहरुलाई मतदान गर्न आग्रह गरेका छन् । दुई वटा संविधानसभाका निर्वाचन बाहेक कांग्रेसले सफलता हासिल गर्दै आइरहेको ठाउँमा फेरि पुरानो विरासत फर्काउन जनताले साथ दिए विकासको मूल फुटाउने उनीहरुको उद्घोष छ । यस्तै प्रदेश सभा–३ क का उम्मेदवार चन्तराम थारुले पनि आज (आइतबार) विभिन्न ठाउँमा मतदाता, शुभेच्छुक लगायतलाई भेटघाट गरेका छन् । उनले चिसापानी लगायत क्षेत्रमा भेटघाट गरेको जानकारी दिए ।

     

     

  • ३ मंसिर २०७४, आईतवार १८:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित