मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आगामी बर्षको मंसिर महिनाको दोस्रो हप्ता देखि नेपालगञ्जमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगीता हुने
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज मंसिर ४ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले आगामी बर्षको मंसिर महिनाको दोस्रो हप्ता देखि नेपालगञ्जमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगीता हुने बताएका छन । मध्यपश्चिम खेलकुद बिकाश समिती नेपालगञ्ज द्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए
    पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले नेपालगञ्जमा हुने प्रतियोगी समपन्न गर्नका लागी बाँके,बर्दिया र दाङ्गमा भौतिक पुर्वाधार निमार्णका लागी १ अर्व २५ करोड रुयैयाको लागतमा निमार्ण भईरहेको बताउदै आगामी बर्षको दशै अगाडी जिल्ला ,मंसिर पहिलो हप्तामा क्षेत्रिय र मंसिर दोस्रो हप्तामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने बताए ।
    पत्रकारको एकप्रश्नको जवाफ दिदै सदस्य सचिव बिष्टले भौतिक पुर्वाधार निमार्ण बाहेक प्रतियोगिता समपन्न गर्नका लागी करिव ३५ करोड रुपैया खर्च हुने बताउदै प्रतियोगितामा ३५ खेलका ६ हजार खेलाडीहरुको सहभागीता रहने बताए । पत्रकार सम्मेलनमा मध्यपश्चिम खेलकुद बिकाश समिती नेपालगञ्जका अध्यक्ष भिम ओलीले नेपालगञ्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगीता समपन्न गर्नका लागी पौडी पोखरी,नेपालगञ्ज रगशाला,भारोत्तन एकेडेमी,जुडोको एकेडेमी, कोहलपुरको क्रिकेट मैदान, र बर्दिया, दाङ्घ जिल्लामा निमार्ण कार्य तिब्रगतिमा कार्य भईरहेको बताए ।

     

  • ४ मंसिर २०७४, सोमबार १८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित