मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेतमा समाजवादी फोरमका उम्मेवार दिपलाल काँग्रेसमा प्रवेश
  • मार्गरेखा संवाददाता

  •  

    सुर्खेत, ५ मंसिर । संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदेश सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ प्रदेश (ख) बाट उम्मेदवार रहेका दिपलाल दमाई (दिलिप) नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

    उहाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनुभएको छ ।

    नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि कांग्रेसबाट मात्रै सम्भव रहेको ठहर गर्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

    राष्ट्रियता, स्वाभिमानी, जनताको गौरव र सम्मृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सुर्खेतको क्षेत्र नं. १ तथा समग्र जिल्ला, प्रदेश हुँदै देशको विकास र सम्मृद्धिका लागि कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले खेलेको भूमिका अतुलनीय भएको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    काँग्रेसमा प्रवेश गरेलगत्तै दिलिपले लोकतन्त्रबाट मात्रै राष्ट्रको उन्नति, प्रगति र जनताको आधारभूत अधिकार सुनिश्चित हुने भएकाले त्यसका लािग लोकतान्त्रिक गठबन्धनको चुनाव चिन्ह रुखमा छाप लगाई उम्मेदवारहरुलाइ विजयी गराउन मतदातासंग आह्वान समेत गर्नुभएको छ ।

    प्रदेश सभा क्षेत्र (ख)मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका झकबहादुर डाँगी उम्मेदवार उठ्नुभएको छ ।

     

  • ५ मंसिर २०७४, मंगलवार १६:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित