मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको पिछडिएको क्षेत्र बगौडा बासिन्दाहरुको पीडा सुन्दै बाँकेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
  • मार्गरेखा संवाददाता

  • (बाँके), बगौडा मंसिर ५। सुगम जिल्लाको दुर्गम ठाउँका रुपमा परिचित बाँकेको नरैनापुर गाउँपालिकाबासीले बिजुली र सिचाई सुविधाका लागी पहल गरिदिन नेपाली काँग्रेसका नेता समक्ष आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधी सभा–१ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा–१ ‘क’ का उम्मेदवार सरदचन्द्र बर्मासँग नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर, कटकुईया लगायत गाउँका स्थानीय बासिन्दाले हुलाकी सडकको काम चलिरहदा विकासको धेरै अनुभुती भएको बताए ।
    अझैपनि आफ्नो क्षेत्रमा सिचाई र बिद्युत सुविधा पुग्न नसकेको भन्दै सम्बन्धित निकायमा पहल गरिदिन स्थानीय बासिन्दाले आग्रह गरे । विगतमा एमाले र फोरमलाई यस क्षेत्रबाट जिताएर पठाएपनि उनीहरुले नरैनापुर क्षेत्रको विकासका लागी कुनै काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ । यसपटकको चुनावमा आफुहरुलाई नेपाली काँग्रेसप्रति भरोसा रहेको उनीहरुले बताएका छन् ।
    नेपालगन्जदेखी नरैनापुरको कटकुईया सम्मको हुलाकी सडकको ठेक्का भारतीय ठेकेदारले लिएपनि बीचमै काम छाडेर भागेको थियो । भरपर्दो सडक नहुँदा नरैनापुर गाउँपालिकाबासीले सास्ती खेप्दै आएका थिए । गतवर्ष माघ महिनामा नेपाली काँग्रेसका नेता एवम् तत्कालिन भौतिक पुर्वाधार तथा निर्माण मन्त्री रमेश लेखकको ठोस पहलपछि हुलाकी सडकको पुनःनिर्माणले गति लिएको हो । अहिले बाँकेको फत्तेपुरदेखी नरैनापुर सम्मको क्षेत्रमा हुलाकी सडक निर्माणको काम धमाधम भइरहेको छ ।
    हुलाकी सडक निर्माणमा आफ्नो पार्टीका मन्त्रीले गरेको योगदानका कारण राप्तीपारीका आम बासिन्दाहरु नेपाली काँग्रेसप्रति निकै सकारात्मक देखिएको प्रतिनिधी सभा सदस्यका उम्मेदवार खत्रीले बताए । स्थानीय बासिन्दाको समस्या सुनिसकेपछि उम्मेदवार खत्री स्तब्ध भएका थिए । उनले आफुले जितेपछि केन्द्रिय सरकारको पहुँच नरैनापुरसँग गराउने प्रतिवद्धता जनाए ।
    लोकतन्त्रको रक्षा र विकासका लागी नेपाली काँग्रेसलाई यसपटक जिताउन आग्रह गर्दै खत्रीले भने, ‘तपाईहरुले यसपटक लोकतन्त्रको रक्षा र विकासका लागी जिताउनुस्, हामीले अहिले बोलेका प्रतिवद्धता पुरा गरेर देखाउँछौं ।’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राप्तीपारी क्षेत्रको सिचाई र बिद्युत विस्तारका लागी टेण्डर आब्हान गरिसकेको खत्रीले नरैनापुरका मतदातालाई जानकारी गराएका छन् ।
    ‘बघौडा क्षेत्रबाट जितेर गएका कसैले पनि यो क्षेत्रको विकास गरेनन्, काँग्रेसले यहाँबाट दुई पटक प्रतिनिधित्व नगर्दापनि यसक्षेत्रमा अवरुद्ध रहेको हुलाकी सडकलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेल्यो, यसबाट हामी धेरै उत्साहित छौं,’ नरैनापुरबासी भन्छन् । यस्तै नरैनापुर गाउँपालिका कार्यालयले बाढी पीडितलाई राहत वितरण गर्ने काममा अन्याय गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

     

  • ५ मंसिर २०७४, मंगलवार १८:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित