मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र न. ३ मा लोकतान्त्रिक गठबन्धन एकतामय हुदै नेता कार्यक्रता प्रचारमा जुटे
  • मार्गरेखा संवाददाता

  • मंसिर–०६ नेपालगन्ज /राप्रपा र काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट बाँके क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेश क का उम्मेदवार चन्तराम थारु र प्रदेश ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारयाण शाहको पक्षमा जनमत जुट्दै गएको छ ।

    बम गठबन्धनका नाममा ठूलो बलिदानीबाट प्राप्त प्रजातन्त्र र लोकतन्त्रलाई मास्ने षड्यन्त्रबारे मतदाताहरुले बुझ्न थालेपछि ३ नम्वर क्षेत्र लोकतान्त्रिक गठबन्धनमय बन्दै गएको हो ।

    प्रजातन्त्र र लोकतन्त्रमा मात्र मुलुकको विकास र सम्बृद्धि हुने राम्रोसँग बुझेका मतदाताहरुले कम्युनिष्ट अधिनायकवाद स्विकार्य नहुने वताए । जानकी गाउँपालिकाका इन्द्रपुर, रम्मापुर, मानपुरलगायतका स्थानमा आज (बुधवार) भएको घरदैलो अभियानका क्रममा ७६ बर्षीय मोनिहार धोवीले भन्नुभयो–‘मुलुकलाई विकास र सम्बृद्धि चाहिएको बेला कम्युनिष्ट अधिनायकवाद स्विकार गर्न सकिदैन् ।’

    घरदैलोका क्रममा अधिकांश मतदाताहरुले सडक र कृषिको समस्या सुनाएका निर्वाचन प्रचारप्रसार समितिका संयोजक रमेश सिजालीले जानकारी दिनुभयो । उहाँका अनुसार, सडक पिच गरिनु पर्ने, कृषिमा अनुदान दिइनुपर्ने, सिंचाइँ सुविधा उपलब्ध गराउनुपर्ने माग नै स्थानीयको छ ।

    काँग्रेस बाँकेका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण विक रसाइली, महिला संघका अध्यक्ष नारायणी रुपाखेतीलगायत जिल्लातहका नेताहरु सम्मेलित घरदैलो अभियानमा प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मीले स्थानीयले उठाउँदै आएको समस्या समाधानका लागि आफु प्रतिबद्ध रहेको भन्दै निर्वाचित गराए सबै समस्या समाधान हुने विश्वास दिलाउनु भयो ।

    प्रदेशसभा ख का उम्मेदवार लक्ष्मीनारायण शाहले पनि बामगठबन्धन विरुद्ध एक ढिक्का भएर लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गर्नुभयो । ‘मुलुकलाई हामी विकास दिन चाहान्छौं उहाँले भन्नुभयो–‘तपाईसँगै रहेर काम गर्न चाहान्छौ, तपाईका समस्या आप्mनै समस्या ठानेर अघि बढ्ने छौं ।;

    त्यस्तै क्षेत्र नम्वर ३ को रनियापुरमा चुनावीसभा गरिएको छ । त्यसक्रममा प्रतिनिधिसभा उम्मेदवार कुर्मीसँगै प्रदेशसभा क का उम्मेदवार चन्तराम थारुले सम्वोधन गर्दै प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन अपिल गर्नुभएको थियो । चुनावीसभामा ठूलोमात्रामा स्थानीयबासीको सहभागीता रहेको थियो ।

     

  • ६ मंसिर २०७४, बुधबार १४:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित