मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विगतका सवै उम्मेदवारले गरेका वाचा म पुरा गरेर देखाउछु ‘तपाइहरु भोट दिनुस म विकास गरेर देखाउछु ’नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवा राणा
  • मार्गरेखा संवाददाता

  •  

    धनगढी,  मंसिर । नेपाली कागे्रस कैलाली क्षेत्र नंम्बर ५ बाट प्रतिनिधिसभामा उमेद्धार दिनुभएकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवा राणाले यस क्षेत्रको विकासका लागि विगतका सबै उम्मेद्वारहरुले गरेको वाचा आफूले पूरा गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।तपाइहरु भोट दिनुस म विकास गरेर देखाउछु” नेतृ डा. आरजुले बुधबार धनगढी उपमहानगरपालिकाका विभिन्न ठाँउमा भएका चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो ।उहाँले ७ नम्बर प्रदेशका महिला आत्मनिर्भर र सम्पन्न भएको हेर्ने चाहना भएको बताउनुभएको छ । ”राज्यका निकायमा तह तप्कामा सबै भन्दापछि परेका ७ नम्बर प्रदेशका महिला सबै भन्दा अघि पुगेको हेर्ने मन छ” ,उहाँले भन्नुभयो “समाज विकासका लागि पनि महिला सम्पन्न बन्न आवश्यक छ ।”उहाँले महिलालाइ आर्थीक रुपमा सवल र आत्मनिर्भर बनाउने आफ्नो चुनावी एजेण्डा नै बनाउनुभएको छ ।प्रदेश ७ मा महिलाको अवस्था अझै दयनिय रहेको भन्दै देउवाले आफुले जिते यस क्षेत्रका महिलाको जिवनस्तर उकास्न पुरै समय खर्चने बताउनुभएको छ ।प्रदेश नम्बर ७ मा घरेलु हिंसा, विभेद र गरिबीका कारण महिला अझै चुलो चौकोमा सीमित छन्’ नेतृ देउवाले भन्नुभयो ‘समुन्नत समाज निमार्णका लागि महिला आत्मनिर्भर हुन आवश्यक छ’ ।आफु महिला भएकोले पनि महिलाका समस्यामा पुर्ण रुपमा जानकार रहेको भन्दै नेतृ देउवाले महिलाको अधिकारका लागि आफु सडक र सदनमा लडिरहेको बताउनुभयो । २ दशकदेखि महिला अधिकारका क्षेत्रका कार्यरत भएको बताउदै उहाँले भन्नुभयो ‘महिलालाइ आत्मनिर्भर बनाउने काममा म पूर्ण रुपमा सफल हुनेमा विश्वस्त छु  ।’स्थानिय तहका निकायलाई र सरोकारवाला संघ संस्थालाइ पनि उहाँले महिला लक्षित कार्यक्रम ल्याउन आग्रह समेत गर्नुभयो । ‘पुरुषको दाँजोमा महिलाको अवस्था निकै कमजोर छ ’ उहाँले भन्नुभयो स्थानिय निकायले पनि महिलाको आयआर्जन र जिवनस्थर उकास्ने कार्यक्रमहरुलाइ बढावा दिनु पर्छ, यसका लागि म पनि सक्दो पहल गर्नेछु ’ ।‘स्थानिय तहमा कम्तीमा ३० प्रतिशत महिलाको सहभागिता हुनुपर्छ भनिएको छ’ महिलाका लागि बनेका नीति कार्यान्वयन गर्र्न र महिला लक्षित कार्यक्रम ल्याउन नीति निमार्ण तहमा महिलाको बलियो पहुँच हुनु पर्छ’ उहाँले भन्नुभयो । डा. आरजु देउवाले  प्रदेश नम्बर ७ को विकासका लागि नेपाली कागे्रसको जित अपरिहार्य भएको वताउनुभयो । उपमहानगरपालिकाको ३ नम्बर वडाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रदेश ७ को विकासका लागि कागे्रसले जित्नै पर्ने जिकिर गर्नुभयो ।कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना ,गेटा अन्र्तराष्ट्रिय विमानस्थल निमार्ण र सेती परियोजनादेखि सुख्खा बन्दरगाहा सम्मका योजनाहरु ल्याउन नेपाली कागे्रसको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।नेतृ देउवाले कैलाली क्षेत्र नम्बर ५का किसानहरुका लागि मलखाद फ्याक्ट्रि स्थापना गर्ने दावी समेत गर्नु भयो । कैलालीमा कृषिमा आवद्ध धेरै कृषकहरु भएकोले यसले कृषिलाई सघाउने उहाँको विचार थियोे ।वृद्ध भत्तालाई दोब्बर वनाउने उहाँले वताउनुभयो । ”मलाई तपाईहरु भोट दिनुस त्यसको बदला म विकास गरेर देखाउछु“ डा.आरजुले भन्नुभयो, ”विगतका सबै उम्मेदवारले गरेका वाचा पनि म पूरा गरेर देखाउछु ।”आफूलेु धनगढीमा घर किनेर पनि बसिसकेको बताउदै उहाँले यस क्षेत्रका जनताको सुख दुखमा सधै साथ दिने बताउनुभयो । उहाँले पाच बर्षभित्रमा धनगढीलाइ महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।उहाँले कम्युनिष्ट गठबन्धनले बहुमत ल्याउने र सत्ता कब्जा गर्ने सपना देखेको भन्दै जनताले त्यसलाई विफल बनाउने बताउनुभयो ।चुनाव लोकतन्त्र र अधिनायकवादको बीचको चयन भएकाले लोकतन्त्रका लागि अमूल्य मतको सदुपयोग गर्न नेतृ देउवाले मतदातासंग आग्रह गर्नुभएको छ ।कार्यक्रममा प्रदेशसभाका उम्मेदवामर डिल्लिराज पन्त, जीवन राना, धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, उपमेयर सुशिला मिश्र भट्ट, लगायतले बोल्नुभएको थियो ।

     

     

     

     

     

     

     

  • ७ मंसिर २०७४, बिहीबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित