घोराही, ८ मंसिर / घोराही उपमहानगरपालिका–१४ निवासी मनोज बस्नेलाई अहिले देशको चिन्ता छ । राणा शासन, माओवादी शसस्त्र युद्धलगायतका विभिन्न कालखण्डवाट बचेको देश पुन कम्युनिष्टहरुको हातमा फस्ने होकी भन्ने उनलाई चिन्ता छ ।
दाङ क्षेत्र नं. २ को घरदैलोका क्रममा प्रतिनिधिसभाका नेपाली काग्रेस तर्फबाट उम्मेद्वार राजु खनाल र क्षेत्र नं. २ (१)का प्रदेश उम्मेदवार कमलकिशोर घिमिरेलाई आशिर्वाद दिर्दै भनुभयो ‘देशलाई कम्युनिष्टहरुको हातबाट बचाउन तपाईहरुले जित्नुपर्छ, कांग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो भयो भनेमात्र हामी जनताले अधिकार पाउछाँै ।’ विभिन्न दुर्घटनावाट बचेको देश कम्युनिष्टहरुको कारण पुनः अशान्तिमा फस्ने चिन्ता ८१ बर्षिय बस्नेतलाई छ । उनले विभिन्न कालखण्डमा देशलाई अफ्ठेरो परेको बेलामा त्यो जोखीमबाट बचाउनकालागि महत्वपूर्ण भूमीका खेलेको भन्दै देश बचाउनकालागि कांग्रेसले जित्न आवश्यक भएको बताउनुभयो ।
‘कम्युनिष्टहरुले हामीले जित्यौ भने देश विकास हुन्छ भन्ने जनताहरुलाई भ्रम सृजना गराउदै हिडेका छन्’, बस्नेतले भने–‘ हामीले कसरी पत्याउने । हिजो मान्छे मार्ने नि तिनै हुन। हामीले जित्यौ भने वृद्धवत्ता घरमा आउछ भन्ने नि तिनै हुन । खै तँ घरमा आउछ भनेको वृद्धवत्ता बैंक ल्याउन जानुपर्ने भएको छ । दिनभर लाईन लाग्नुपर्छ अस्तीनको चुनावमा पनि वृद्धभत्ता बढाउछौ भने बढाएनन् ।’
देशको विकास र समृद्धि गर्ने पार्टी काग्रेसले मात्र गर्न सक्ने उनको विश्वास छ । बस्नेत भन्छन ,‘हामीले कसरी पत्याउने महराले दाङबाट जिते दाङको विकास हुन्छ भनेर ? के २०६४ सालको निर्वाचनमा महराले दाङवाट चुनाव जितेका थिएनन र ?’ त्यस्तैले पनि उनलाई विश्वास छैन दाङको विकास र समृद्धि गर्न सक्ने पार्टी भनेकै काग्रेस नै हो ।
त्यस्तै बिचार छ घोराही– १४ कै बुद्धिराम पुनको पनि । देशमा विकास र शान्ति स्थापना गर्न नेपाली काग्रेसले जित्नुपर्ने उनी बताउछन् । ‘देशको विकास र सवै पार्टीलाई मिलाउन सक्ने पार्टी भनेकै काग्रेस हो’,उम्मेदरवारहरुको घरदैलोका क्रममा घरमा पुगेका उम्मेदवारहरुलाई बिजयीको शुभकामना दिदै पुनले भने–‘कम्युनिष्टहरुले जिते भने देश पुन अशान्तिमा जाने खतरा छ, कांग्रेसहरुले चुनाब जितेर देशलाई बचाउनुपर्छ ।’
चुनावी घरदैलो सुरुवातका क्रममा ८८ वर्षीय ठाकुर आचार्यले आशिर्वाद दिदै निर्वाचनमा खनाल र घिमीरे सहित जिल्लाका सबै क्षेत्रमा कांग्रेसका उमेद्वार विजयी हुने बताए । उनले शान्ति र लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने भन्दै जितको शुभकामना दिएका थिए ।
मतदाताका कुरा सुन्दै प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले भने कम्युनिष्टहरुको अधिनायकवादबाट देशलाई बचाउनका लोकतन्त्रवादी एक हुनुपर्छ । ‘कम्युनिष्टहरु चुनाव जित्नकै लागि अहिले जनताहरुलाई भ्रमको सृजना गर्दै छन् ।’, उम्मेदवार खनालले भने ‘त्यसवाट जनताहरु सचेत भएर काग्रेसलाई चुनावमा मतदान गर्नुहोस र बिजयी बनाउनु होस् । तपाईहरुकालागि हामी छौ ।’ काग्रेसले मात्र देशमा शान्ति स्थापना गर्दै आर्थिक समृद्धिमा अघि बढाउन सक्ने खनालको भनाई थियो । ‘हामीले ०७० सालको चुनावमा संविधान ल्याउछौ भन्यौ ल्यायौ पनि, २०६४ सालमा संविधान दिन्छौ भनेर गएकाहरुले तपाईलाई के दिए’ खनालले भने ‘अब पालो शान्ति र विकासको हो । यो क्षेत्रलाई तपाईहरुको साथले समृद्ध बनाउन मेरो प्राथमीकता हुने छ ।’
त्यस्तै क्षेत्र नं. २ (१) प्रदेशसभाका उम्मेदवार कमलकिशोर खनालले जिल्लाको विकासको नेतृत्व काग्रेसले मात्र गर्न सक्ने बताए । कम्युनिष्ट पार्टीहरु जनतालाई विकासको आश्वासन दिने तर विकास नगर्ने पार्टीहरु भएकाले उनीहरुको भ्रममा नपर्न जनताहरुलाई आग्रह गरे । जिल्लामा सडक, शिक्षा, स्वास्थ्य,खानेपानीलगायतका विकासका पूर्वाधारहरु काग्रेसकै पहलमा भएको भन्दै उनले आगामी निर्वाचनमा आफुहरुले चुनाव जिते प्रादेशिक राजधानीसँगै जिल्लाको समृद्धिसगैँ जनताको आयस्तरवृद्धिका कार्यक्रमहरु ल्याउने बताएका थिए । शुक्रवार काग्रेसले घोराही उपमहानगरपालिका–१४का विभिन्न टोलहरुमा घरदैलो तथा कार्यकर्ता भेटघाटहरु गरेका थिए । यस क्षेत्रका उमेद्वारहरु राजु खनाल र कमलकिशोर घिमीरेले शुक्रवार घोराही उपमहानगरपालिका १८ का विभिन्न गाँउहरुमा घरदैलो गर्नुभएको छ ।
क्षेत्र नम्बर २ (२) का उमेद्वार भरतबहदादुर न्यौपानेले शुक्रवार आफ्नो क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्दै मत माग्नुभएको छ । न्यौपाने घोराही उपमहानगरपालिका ८ का विभिन्न स्थानमा पुगेर घरदैलो गर्दै मत माग्नुभएको छ । यस क्षेत्रको विकासकालागि कांग्रेस विजयी हुन आवश्यक भएको बताउनुभयो । उहाँले लामो समयदेखी सामाजिक कायममा आफूले काम गरेकाले पनि यस क्षेत्रको हरेक समस्या थाहा भएको भन्दै अब निर्णायक तहमा बसेर काम गर्ने मौका दिन अनुरोध गर्नुभयो । यस क्षेत्रका हरेक व्यक्तीहरुको समस्या आफूलाई जानकारी भएको भन्दै आगामी दिनमा पनि सँगसँगै दुखसुखमा साथ दिएर अगाडी बढ्ने बताउनुभयो । न्यौपानेलाई मतदाताहरुले विभिन्न स्थानमा टिका, मालाले भव्य स्वागत गरेका थिए ।
जनता लोकतन्त्र र विकाशका पक्षमा छन् ः राजु खनाल
दाङ, ८ मंसीर
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु खनालले पछिल्लो समयमा नेपाली जनताहरु लोकतन्त्र र विकाशका पक्षमा रहेको अवस्थाबाट अताल्लिएर कम्युनिष्टहरु वाम गठबन्धन बनाएर निर्वाचनमा आएपनि समृद्धि र लोकतन्त्रकालागी नेपाली कांग्रेसले ढुक्क रुपमा निर्वाचन जित्ने बताएका छन् ।
आज रिपोटर्श क्लव दाङले घोराहीमा आयोजना गरेको चुनावि साक्षात्कार कार्यक्रममा बोल्दै खनालले नेपाली कांग्रेसले घोराहीमा मेडिकल कलेज स्थापनादेखि धारपानीमा पक्कि सडक, घोराही—मुर्कुटि सडक पानी जोगाउन हाइड्याम, हरेक घरमा धारा, हरेकका खेतमा पानी पु¥याउन बृहत दाङ सिंचाइ परीयोजनाको अवधारणा तथा प्रदेश राजधानीकालागी केन्द्रय समिति समेतले दाङलाइ निर्णय गरीसकेको बताए । ‘हामी दाङको समृद्धिसंगै प्रादेशिक राजधानी बनाउने सवालमा प्रतिवद्ध छौं, समृद्धि र लोकतन्त्रनै नेपाली कांग्रेसका जित्ने आधारहरु हुन्’—खनालले भने ।
त्यसै अवसरमा निर्वाचन क्षेत्र नंवर २ प्रदेश १ का प्रदेश सभा सदस्यका उम्मेदवार कमल किशोर घिमिरेले मुलुकले अव अधिनायकवाद र थप आन्दोलन नचाहेको भन्दै समृद्धि र लोकतन्त्रका पक्षमा रहेको नेपाली कांग्रेसको विजय सुनिश्चित भएको बताए ।
्‘हामी घोराही बजारमा मात्रै होइन, स्युजा, सैघा र लोहारपानीका दुर्गम बस्तीका झुपडिहरुको पनि मुहार फेर्नेृ अभियानमा छौं, त्यसकालागी लोकतन्त्रवादीहरुको सरकार जनताले चाहिसकेका छन्’—घिमिरेले भने, अव विभिन्न वाहनामा भएको कम्युनिष्ट गठवन्धनलाइ जनताले परास्त गर्ने छन् । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गरेका थिए । सडकमै भएको उम्मेदवारहरुसंग साक्षातकार कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष तथा समानुपातिकका उम्मेदवार सावित्रा राना, साझेदारी पार्टि राप्रपाका समानुपातीकका उम्मेदवार मिना स्वर्णकार लगायतं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
नाकामा फोन पुर्याउँदै ‘जानकी’
नाकाको पीडा सुन्न नेपालभारत सीमा क्षेत्र पुगेका जानकीलाल बस्नेत दुई दिन सम्म बेखवर जस्तै बने । यो दुईदिन उनि टेलिफोनको पहुँचमा समेत रहेनन् । क्षेत्र नम्बर १ प्रदेशसभा १ का उम्मेदवार जानकी चुनावी चटारोका बेला सम्पर्क बाहिरै रहनु उनका लागि यो सहज थिएन । टेलिफोनको यो समस्या उनलाई निकै खड्कीयो । दुई दिनको नाका क्षेत्र बुझेर जानकी एउटा संकल्प गरेर वारी फर्किए ‘आँफैले पहल गरिरहेको टेलिफोन टावर स्थापनाको काम जत्तिसक्यो चाँडै पुरा गर्ने छु ।’ आफ्नो दुईदिने बसाईको यति ठूलो असहजता भोगेका जानकीले बुझे ‘त्यहिँका स्थायी बासिन्दाहरुले यसको समस्या कति भोग्नु परेको होला ? ’ यसर्थ नाका क्षेत्रमा टेलिफोन टावर स्थापनाको कामलाई चाँडै सम्पन्न गर्ने लक्ष बोकेर उनि वारी फर्किएका छन् । उनले नाका क्षेत्रलाई टेलिफोनसंग जोड्न आफ्नो चुनावी जीतलाई सर्त राखेका छैनन् । ‘जत्तिसक्यो चाँडो त्यहाँका नागरिकहरुलाई टेलिफोन सेवा दिलाउनु अबको मेरो मुख्य मिशन हो,’उनले भने ‘तर यो लक्ष मेरो चुनावी जीतको सर्त बमोजिमको हैन ।’
पदीय जिम्मेवारीमा नरहेरै बिकास गरेका नेताका रुपमा जानकी चिनिन्छन् । सडक, पसल पुलेसा, खानेपानीका आयोजना निर्माणमा उनको देन स्थानीयहरुले बिर्सेका छैनन् । नाका क्षेत्रमा टेलिफोन सेवा विस्तारका लागि जानकीले यसअघिनै पहल गर्दै आएका छन् । मोवाईल फोनको टावर स्थापना गरेर नाका बासीहरुलाई फोन सुविधा प्रदान गर्ने उनको पहल बमोजिमनै राजपुर गाउँपालिकाबाट बजेट समेत विनियोजन भैसकेको छ । अब यो कामलाई तदारुकता दिन उनले नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमा सकृयता पूर्वक पहल थाल्ने भएका छन् । ‘म पदीय जिम्मेवारीमा छैन, तर मैले नाका क्षेत्रमा फोन बिस्तारका लागि गरेको पहलकै कारण अहिले बजेट समेत विनियोजन भैसकेको छ,’उनले भने ‘यसलाई चाँडै सम्पन्न गर्न अब मैले टेलिकमको क्षेत्रीय कार्यालयमा ठोस पहल गर्ने छु ।’
यसैगरि भारतीय भुमि मार्ग हुँदै दाङ बस्तीमा पुग्नु पर्ने वाध्यतालाई सदाका लागि टार्ने बृहत योजना बुनेर जानकी नाकाबाट फर्किएका छन् । सबै नाका क्षेत्रहरुलाई नेपाली सडक सञ्जालले जोड्ने लक्ष उनको छ । उनले यसलाई आफ्नो चुनावी नारा नभई त्यहाँका बास्तवीक समस्या समाधानका लागि दृढ संकल्पका रुपमा बुझ्न समेत उनले नाकाबासीहरुलाई आग्रह गरे । ‘तपाईहरु अब पाँच बर्षको अवधिमा भारतीय भुमिको सडक प्रयोग गरेर घर पुग्नु पर्ने छैन,’उनले भने ‘यो समस्या समाधान गर्ने जिम्मेवारी म लिन्छु ।’ नेपालको सडक सञ्जालले नाका क्षेत्रलाई नछुँदा त्यहाँका नागरिकहरुलाई प्रशासनीक कामकाजका लागि भारतीय भुमि प्रयोग गरेर सवारी साधनमा वारी आउनु पर्ने वा घण्टौँ पैदल हिँडेर धाउनु पर्ने चरम समस्या छ । ‘यो बिकराल समस्या बाट त्यहाँका जनतालाई मुक्ती दिलाउनु छ,’उनले भने ‘पाँच बर्षको अवधिमा यो समस्यालाई समाधान गर्ने मेरो दृढसंकल्प छ ।
यसैगरि स्थानीय तहबाटै तत्काल सम्वोधन गर्नेगरि नाका क्षेत्रको पिउने पानीको अभावलाई टार्ने संकल्प जानकीले लिएका छन् । ‘पानीको चरम अभावमा त्यहाँका नागरिकहरु पिल्सिईरहनु परेको छ,’उनले भने ‘यो समस्यालाई मैले स्थानीय तहबाटै तत्काल सम्वोधन गर्ने बाचा गरेर फर्किएको छु ।’ नाकाका यस्तै समस्या बुझेर फर्किएका जानकीले अबको नेतृत्वको ध्यान सुरुमै नाकामा केन्द्रीत हुनुपर्ने वताउँछन् ।
जानकीलाई बिकास प्रेमी नेताका रुपमा सुनेका नाकाबासीहरुले आफ्नो बस्तीमा पनि बिकास आउनेमा जानकी प्रति विश्वास राखेका छन् । उनिहरुले भने ‘सुनेका छौँ धेरै बिकास दिनु भएको छ रे,हामीलाई पनि चाँडै दिनुहोला ।’त्यहाँका नागरिकहरुको यो जिज्ञासामा जानकीले भनेका थिए ‘यहाँ फोन आउन लागेको भन्नु सुन्नु भएको छन,यहाा फोन ल्याउन मैले काम गरिरहेको छु ।’
नाका क्षेत्रको समस्या सुनेर फर्किएक जानकीले शुक्रवार आफ्नो चुनावी क्षेत्रका विभिन्न स्थानमा घरदैलो गरेका छन् ।