मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका नेताहरुले लोकतन्त्रको रक्षा, आर्थिक विकास, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसलाई मतदान गर्ने आग्रह
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज मंसिर १० । नेपाली कांग्रेसका नेताहरुले लोकतन्त्रको रक्षा, आर्थिक विकास, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसलाई साथ दिन आह्वान गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत्को प्रदेश सभा ३ क को उढरापुर गिजराबस्तीमा आज (आइतबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रको नाम भजाएर कम्युनिष्ट शासन ल्याउन खोज्नेहरुदेखि सतर्क रहन आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठोरले संविधानसभाबाट प्राप्त ऐतिहासिक संविधानलाई असफल बनाएर मुलुकलाई कंगाल बनाउने उद्देश्यले अभिप्रेरित बाम गठबन्धनलाई परास्त गर्न सके मात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने उद्घोष गरे । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले विश्वभर असफल र झण्डै लोप हुने अवस्थामा रहेको कम्युनिष्ट शासन ल्याएर जनतालाई अझ गरिब बनाउने खेल सुरु भएको भन्दै नेपाली जनताले कदापि यो अपवित्र कर्मलाई अनुमोदन नगर्ने दृढता व्यक्त गरिन् । सभालाई नेपाली कांग्रेस बाँकेमा पूर्व सभापति युवराज शर्मा, प्रतिनिधि सभा ३ का उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा ३ क का उम्मेदवार चन्तराम थारु लगायतले सम्बोधन गरेको प्रदेश सभा ३ क का प्रचारप्रसार संयोजक प्रकाश शाहीले बताए । गिजराबस्तीको ऐलानी जग्गाको लालपूर्जाका लागि आफूहरुले पहल गर्ने नेताहरुले बताएका थिए । सडक, विजुली, खानेपानी लगायतका विकासे मुद्दामा कुनै कसर बाँकि नराख्ने उनीहरुको प्रतिबद्धता थियो ।

  • ११ मंसिर २०७४, सोमबार ०६:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित