मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

घरदैलो र चुनावी सभामा व्यस्त बाँके क्षेत्र न १ लोकतान्त्रिक गठबन्धन
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, १० मंसिर ।
    मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन संघारमै आउँदा उम्मेदवारहरुलाई आफ्नो पक्षमा माहोल बनाउन चटारो छ । उम्मेदवारहरुले चुनावी सभा, कोणसभा र घरदैलो मार्फत् प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आज(आइतबार) पनि प्रचारप्रसारलाई तिब्रता दिए ।
    लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री आज
    दिनभर(आइतबार) विनौना र बैजापुर क्षेत्रमा घरदैलोमा व्यस्त रहनुभएको प्रचारप्रसार सचिवालय सदस्य लुट बहादुर खत्रीले जानकारी दिनुभयो । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा पनि खत्रीसंगै घरदैलोमा हुनुहुन्थ्यो । प्रदेशसभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (आइतबार) कोहलपुर नगरपालिका वडा नम्बर ७ का लख्ना र रजगडुवामा घरदैलो गर्नुभएको सचिवालय संयोजक भूम भण्डारीले

  • ११ मंसिर २०७४, सोमबार ०६:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित