नेपालगज । जिल्ला समन्वय समिति बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले बिहिबार सपथ खानुका साथै पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित संयोजक अजय कुमार श्रीवास्तव र ज्ञानेन्द्र चौधरी उपसंयोजक मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश तेज नारायण पौडेलले सपथ खुवाएका थिए भने श्रीवास्तवलेअन्य सदस्यहरुलाई सपथ खुवाएका थिए । उनीहरुले मुलुकको संविधानभित्र रही देश र जनताको पक्षमा काम गर्ने प्रणसमेत गरेका छन् ।
सपथ ग्रहणलगत्तै संयोजक श्रीवास्तव र उपसंयोजक ज्ञानेन्द्र चौधरीले आ—आफ्नो पदभारसमेत ग्रहण गरेका छन् । जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले स्वागत गर्दै पदभार ग्रहण गराएका थिए । सपथ तथा पदभार ग्रहण कार्यक्रममा जिल्ला बिकाश समन्वय समिती बाँकेका नवनिबाँचित संयोजक अजय कुमार श्रीवास्तवले बाँके जिल्ला भित्र रहेका स्थानिय,राजनैतिकदल,सांसद र राष्ट्रसेवक कर्मचारीहरु संग समन्वय गरि बाँके जिल्लालाई ५ बर्ष भित्र हिलो र बेरोजगार मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गर्ने बताउदै बाँके जिल्ला समन्वय समितीमा उन्नसय प्रतिशत मधेशी निर्बाचित भएको कारण सबै दल आएको तर नेकपा एमाले पार्टीका प्रतिनिधी नआएको गुनासो आफनो धारण राख्ने क्रममा गुनासो गरेका थिए । जिल्ला न्यायाधीश तेज नारायण पौडेलले जनप्रतिनिधिहरुले स्थानीय तहका जनतालाई सहजताका लागि सबैसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।
सासद मैकुल बाल्मीकीले बाँके जिल्लाको समग्रह बिकाश गर्नका लागी बिगतमा समन्वयको अभावका कारण बिकाशले गति लिन नसकिरहेको अवस्था समन्वयकारी भुमिकाबाटै बिकाशको सम्भव रहेकाको बताए । नेपालगज उपमहानगरपलिकाा मेयर डा धवल सम्मेर राणाले जनताले विश्वास गरेर पठाएकोले जनप्रतिनिधिहरुले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताए नेपालगंज उपमहानगरालिकाका उपमेयर उमा थापाले बाँके जिल्लालाई समृद्धि जिल्लाको रुपमा अगाडि बढाउनका लागी राजनैतिक आस्था,बिचार त्यागेर अगाडी बढनु पर्ने बताउदै जनताले पाउने अधिकार राजनैतिक आस्था कारण बन्देज लगाउन नपाईने बताए कोहलपुर नगरपालिका उपमेयर संन्जु कुमारी चौधरीले नेपालमा अब बिबादको समय सकिएकोले बिकाशको समय प्रारम्भ भएको हुनाले हामी निर्बाचित जनप्रतिनिधीले जनताको चाहाना बमोजिम सबैले हातेमालो गरि बिकाश गर्ने तर्फ लाग्नु पर्ने बताए । सो कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला,नेकपा माओबादी केन्द्र बाँकेका संयोजक आईपि खरेल,राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेल बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी,डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले बाँके जिल्लाको समग्रहमा बिकाश गर्ना लागी पर्यटन,उद्योग,कलकारखाना,सिचाई, बिधुत र यातायतको सहजपहुचका एकिृत योजना बनाउनु पर्ने आ आफ्नो धारण राखेका थिए । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा संघीय समाजबादी फोरम नेपालका अजय श्रीवास्तव उपप्रमुखमा नेपाली काँग्रेसका ज्ञानेन्द्र चौधरी
नेपाली काँग्रेस ३ सदस्य,नेकपा माओबादी ९केन्द्र० का १ जना संघीय समाजबादी फोरम नेपालका २ राष्ट्रिय प्रजातन्त्र पार्टी १ जना सदस्य बुधबार भएको निर्बाचन बिजय भएका थिए