मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफ्ना हक अधिकारका लागि उपोभोक्ता आफै जागरुक हुनुपर्छ—प्रजिअ
  • मार्गरेखा संवाददाता

  • बर्दिया, मंसिर १२ ।आफ्ना हक अधिकारका लागि उपोभोक्ता स्वयंम आफुनै जागरुक हुनुपर्नै जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले वताएका छन् । उपोभोक्ताले यस्ता बिषयमा खासै चाँसो नदिने गरेकाकारण हरेक उपभोग्य सामान खरिद गर्दा उपोभोक्तानै ठगिनु परेको भट्टराईले वताएका छन्।
    नेपाल सरकार आपूर्ति मन्त्रालय आपूर्ति व्यवस्थापन तथा उपोभोक्ता हित संरक्षण विभाग द्धारा बर्दियाको गुलरियामा आयोजीत गोष्ठिमा उनले यस्तो वताएका हुन् । अझै पनि उपोभोक्ताहरु उत्पादन मिती,म्यादसमाप्त मिती,मूल्य लगायतका कुराहरुमा चाँसो नदिने गरेको प्रजिअ भट्टराईले वताएका छन् । यस्ता कुरामा स्वयं उपोभोक्ताहरु चनाखो भई कतै कहिँ त्यस्ता उत्पादित वस्तुहरु फेला परेमा सरोकारवाला निकायलाई जानकारी गराउन समेत भट्टराईले अनुरोध गरे । अहिले पनि बर्दियाका पसलहरुमा मूल्य सूचि नटाँसिएको र कतिपय पसलहरुमा म्याद नाघेका सामाग्रीहरु भेटिएको वजार अनुगमनमा पाईएको स्विकार्दै पहिलो चरणमा व्यवसायीहरुलाई डण्डित गर्नृुभन्दा पनि सुधार्नको लागि निर्दैशन दिईएको वताएका छन् । उपोभोक्ता हरु सचेत नभएकै कारण हरेक उपोभोग्य सामाग्रीका परिणम,गुणस्तरमा र मूल्यमा ठगिनु परेको आपूर्ति व्यवस्थापन तथा उपोभोक्ता हित संरक्षण विभागका निर्दैशक निरज पौडेलले वताए । यसैका कारण आम उपोभोक्ताहरुको ज्यू,ज्यान तथा स्वास्थ्यमा खतरा पुगेको निर्दैशक पौडेलको भनाई छ । सरोकार वाला निकायले अनुगमनलाई कम प्राथमिकता दिने गरेको उपोभोक्ता मन्च बर्दियाका संयोजक बिष्णु प्रसाद तिमिल्सिनाले वताए । जनताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने वजार अनुगमन हरु नियमित रुपमा हुन नसकेको समेत उनले वताए ।

     

  • १२ मंसिर २०७४, मंगलवार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित