मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

फोरमका उम्मेदवार पुर्वमन्त्री राईको घरदैलो अभियानलाई सशक्त
  • मार्गरेखा संवाददाता

  • बाँके, मंसिर १२ गते । संघिय समाजवादी फोरम नेपालका प्रतिनिधी सभा उम्मेदवार मोहम्मद ईस्तयाक राई नगर र गाउँमा एकैसाथ मतदाता भेटघाटलाई तिब्र पारेका छन् । केहीदिन यता घरदैलो अभियानलाई थप सशक्त पारेका पुर्वमन्त्री राई यसपटक प्रतिनिधी सभा–२ बाट निर्वा्चित हुने दाउमा छन् ।
    मतदाताको घरदैलोमा पुग्दा आफुले निकै माया र स्नेह पाएको पुर्वमन्त्री राईले जनाएका छन । ‘मतदाताले जहाँ गएपनि एकदमै राम्रो रेसपोन्स गरेका छन्, तपाई एक मात्र स्थिर र सक्षम उम्मेदवार हुनुहुन्छ, हामी तपाईको साथमा छौं भनेर उहाँहरुले भन्दा मलाई उर्जा मिलेको छ,’ पुर्वमन्त्री राईले सुनाए । चुनावपछि पार्टी फेर्ने व्यक्तिले विकास गर्न नसक्ने आम मतदाताको बुझाई रहेको उनले बताए । ‘स्थिर व्यक्तिले मात्र विकास गर्न सक्छ, भन्ने कुरा आम मतदाताको बुझाई रहेको पाईयो,’ उनले थपे । आफु निर्वा्चित भएपछि पहाडी, मधेसी, मुस्लिम, दलित सबै समुदाय र वर्गको उत्थानका लागी ठोस पहल गर्ने उनको प्रतिवद्धता रहेको छ ।
    चुनावी अभियानका क्रममा मंगलबार पुर्वमन्त्री राई सहित प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार दुर्गेश गुप्ता लगायतले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ को बाँकेगाउँ क्षेत्र तथा बुलबुलिया, रामबाग लगायत क्षेत्रमा घरदैलो गरेको पुर्वमन्त्री राईले टेलिफोनमा बताए । ‘गाउँतिर लगभग घरदैलो पुरा भइसकेको छ, केही गाउँमा मात्रै फाट्फुट्ट बाँकी छ,’ राईले भने ‘अब नेपालगन्जको वडा नम्बर ४, ६ र १० मा बढी मेहेनत गर्नुपर्ने देखिन्छ ।’

     

  • १२ मंसिर २०७४, मंगलवार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित