मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सकियो पहिलो चरणको घरदैलो, व्यक्तिगत भेटघाटमा वाम गठबन्धन उम्मेद्वारहरु
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज, १३ मंसीर । वाम गठबन्धनले क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्रले स्थीर सरकार र टोलटोलको विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले भने, ‘अब तपाईका आँगनका सडकहरु कालोपत्रे हुन्छन्, घरघरमा सरकारका सेवाहरु प्रवाह हुन्छन् । ढुक्क भएर वाम गठबन्धनलाई भोट दिनुस् ।’
    वाम गठबन्धनको जीतले गाउँटोलको विकासलाई तीव्र बनाउने बताउँदै मिश्रले भने, ‘डुडुवा नाला र राप्ती नदीको कटान पूर्णरुपमा रोकिनेछ ।’ राँझा रंगीताल सडकलाई कालोपत्रे गर्नुका साथै पुरैना, बेतहनी हुँदै गढवा, नयाँवस्ती–होलियासम्मका सडकहरु कालोपत्रे गर्ने उम्मेद्वार मिश्रले बताए ।
    बुधबार डुडुवा गाउँपालिका–५, रंगीताल, डलैपुर, तिलकपुर, गोहनवा लगायतका गाउँहरुमा घरदैलो गर्दै वाम गठबन्धनले क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ प्रदेशसभा ‘क’ का उम्मेद्वार कामता खटिकले राप्तीघाटलाई व्यवस्थित गर्दै विद्युतिय शवदाह गृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    प्रदेशसभा ‘क’ का उम्मेद्वार खटिकले डुडुवा स्वास्थ्य चौकीको स्तरोन्नती गरी १५ शैयाको बनाइने बताए । उनले भने, ‘स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रतिवद्धता रहेको छ । क्षेत्र नं. २ प्रदेशसभा ‘क’को घरदैलो बुधबारबाट सकिएको क्षेत्र नं. २ प्रदेशसभा ‘क’ निर्वाचन परिचालन कमिटीका सचिव राजेन्द्र कँडेलले जानकारी दिए ।
    क्षेत्र नं. २ प्रदेशसभा ‘ख’को घरदैलो सकिएर उम्मेद्वार विजयकुमार गुप्ता व्यक्तिगत भेटघाटमा रहेका छन् । उम्मेद्वार गुप्ता टोल र समुदायका अगुवाहरुसँग व्यक्तिगत भेटघाटमा व्यस्त रहेका छन् । ‘घरदैलो सकिएको छ । त्यसक्रममा छुटेका मतदाताहरुसँग अहिले भेट गरिरहेको छु,’ उम्मेद्वार गुप्ताले भने ।

     

     

  • १३ मंसिर २०७४, बुधबार १६:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित