मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काग्रेस लोकतान्त्रिक पार्टि र सवै अटने पार्टि भएकाले देशभर काग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको नेपाली काग्रेस केन्द्रिय सदस्य दिपक गिरी
  • मार्गरेखा संवाददाता

  • मंसिर १३ दाङ । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरीले काग्रेस लोकतान्त्रिक पार्टि र सवै अटने पार्टि भएकाले देशभर काग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनु भयो
    । तुलसीपुर ३ मा आज भएको पार्टि प्रवेश कार्यक्रममा बोल्दै गिरिले कम्युनिष्टहरुको झुटा र भ्रामक आश्वासनले कार्यकर्ताहरु धेरै समय पार्टिमा नवस्ने भन्दै अन्तत सवै नेपाली काग्रेस वन्ने बताउनु भयो । गिरीले कम्युनिष्टहरुले देशलाई हिंसा तर्फ लैजान खोजेको आरोप लगाउनु भयो । कम्युनिष्ट नेताहरुले देशमा पचासौ वर्ष शासन गर्ने कुरा गरेको भन्दै त्यो कम्युनिष्ट अधिनायकबाद बाहेक अरु केहि नहुने समेत बताउनु भयो । उहाँले काग्रेसले गरेको बिकासका कारण चुनाव जित्ने निश्चीत भए पछि कम्युनिष्टहरु अत्तालिएको समेत बताउनु भयो ।
    त्यसैगरि कार्यक्रममा बोल्दै श्रम राज्यमन्त्रि तथा दाङ क्षेत्र नम्वर ३ क का प्रदेश सभा सदस्यका उम्मेदवार डिल्ली बहादुर चौधरिले काग्रेस बिकास गर्ने पार्टि भएको बताउनु भयो । जनताले बिकास र सवृद्धि खोजेको भन्दै त्यो कागे्रसले जिते मात्रै सम्भव रहेको बताउनु भयो । काग्रेसले गरेको बिकास जनताले देखेको भन्दै पाहुना पर्न आएका नेताले बिकास गर्न नसक्ने बताउनु भयो । उहाँले पाहुना पर्न रुकुमबाट दाङ आएका उम्मेदवारलाई रामो खाना र खाजा दिएर पठाउन उहाँले सवैमा आग्रह गर्नुभयो ।
    यसैविच नेकपा एमालेका क्षेत्रिय सदस्य कुल प्रसाद कालाथोकि काग्रेसमा प्रवेश गर्नु भएको छ । लामो सयम देखि नेकपा एमालेको सक्रिय राजनिति गर्नु भएका कालाथोकि आज देखि काग्रेसमा प्रवेश गर्नु भएको हो । कालाथोकिलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य गिरि र श्रम तथा रोजगार राज्यमन्त्रि चौधरिले पार्टि प्रवेश गराउनु भएको थियो । सो अवसरमा बोल्दै कालाथोकिले एमालेको निति गलत भएका कारणले आफु काग्रेसमा प्रवेश गरेको बताउनु भयो । ईकाई सभापती प्रेम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासमिति सदस्य देवका नेपालीले गर्नु भएको थियो भने संचालन नेपाल शिक्षक संघका नगर कमिटि अध्यक्ष लेवेन्द्र केसीले गर्नु भएको थियो ।

  • १३ मंसिर २०७४, बुधबार १८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित