मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण सडकका लागि १० करोड विनियोजन
  • मार्गरेखा संवाददाता

  • महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण  सडकका लागि १० करोड विनियोजन

     

    भीमदत्तनगर, । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसँगै भीदमत्तनगरपालिकाको भुजेला क्षेत्रमा निर्माण हुने करिब सात किमी सडक बनाउन मुआब्जा वितरणका लागि रु १० करोड छुट्याएको छ ।
    गड्डाचौकीदेखि पुल निर्माणस्थलसम्म करिब सात किमी सडक चार लेनको बन्ने महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ । सो सडक निर्माणका लागि करिब २५ देखि ३० बिगाहा जमिन प्रयोग गरेबापत सरकारले मुआब्जा रकम दिने तयारी गरेको छ ।
    “मुआब्जाका लागि सबै प्रक्रिया भएर योजना प्रमुखलाई सोको अख्तियारसहित सदर भएर आएको छ,” महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले भने, “अब चाँडै फिल्ड सर्वे गरेर सडकका लागि जमिन लिने र मुआब्जा दिने काम थालिनेछ ।”
    सरकारले चालू आव २०७४(७५ मा महाकाली नदीमा पुल निर्माणका लागि रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ । सोही रकममध्ये रु १० करोड रकम जमिन मुआब्जाका लागि छुट्याइएको पुल योजना प्रमुख पन्तले जानकारी दिए ।
    “दायाँ र बायाँ २५(२५ मिटर गरी ५० मिटर क्षेत्रफल सडकका लागि दिनुपर्ने हुन्छ,” उनले भने, “जग्गा प्राप्ति ऐनअनुसार मुआब्जाको काम गरिन्छ ।” उनले आगामी भदौदेखि सडकका लागि मुआब्जाको काम थालिने जानकारी दिए ।
    त्यसैगरी महाकाली नदीमाथि बनाइने चार लेनको पुलको ठेक्का कुमार सिएसइसी जेभीलाई परेको छ । महाकाली पुल योजनाका प्रमुख पन्तले दशैं तिहारपछि पुल निर्माणको काम शुरु हुने बताए । “ठेक्का भएर सम्झौताका लागि प्रक्रियामा छ,” उनले भने, “ठेक्का प्रक्रियाको बाँकी काम सडक विभागले गर्दैैछ ।”
    महाकालीमा रहेको वनवसा पुलदेखि झण्डै सात किमी दक्षिणतर्फ र महाकालीको दोधारा चाँदनी झोलुंगे पुलदेखि करिब अढाइ किमी उत्तरमा ८०० मिटर लामो चार लेनको पक्की पुल बन्नेछ । पुल निर्माणका लागि गत चैतमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भीमदत्तनगरमा पुल योजनाको कार्यालय स्थापना गरेका हुन्

     

  • २६ श्रावण २०७४, बिहीबार १७:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित