मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाजिक सहिष्णुता कायम गर्न नागरिक प्रहरी बिचको सहकार्य उपलब्धिमूलक बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाह
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर १८। संघिय प्रहरी ईकाई कार्यालय नेपालगञ्जका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाहले समाजिक सहिष्णुता कायम गर्न नागरिक प्रहरी बिचको सहकार्य उपलब्धिमूलक हुने बताएका छन् ।
    गत बर्ष मोहम्मद डेमा बाँकेको राप्तीपारि क्षेत्रमा हिन्दु, मुस्लिमहरु बिच झडप भएको घटना स्मरण गर्दै शाहले यस बर्ष प्रहरी र नागरिक बिचको सहकार्यबाट सामाजिक सद्भाव कायम गर्न सफल भएको बताए ।
    युएनडिपिको सहयोगमा बास र आईएआरसिले बाँके जिल्लामा सञ्चालन गरेको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढिकरण परियोजना अन्र्तगत आज सम्पन्न जिल्ला स्तरिय समिक्षा बैठकमा शाहले उक्त कुरा बताएका हुन् ।
    हृदयमा समझदारी नहुँदा सहिष्णुता हुँदैन, मान्छेका हृदयहरु जब जोडिन्छन् अनि मात्र सद्भाव हुन्छ — शाहले कार्यक्रममा भने — अन्तरसम्बाद, छलफलले समाजलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दछ ।
    प्रहरीसँगको सहकार्यमा बासले बिगत लामो समय देखि समाजमा सुशासन र सामाजिक सद्भाव कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्बाह गरेको शाहले बताए । आधिकारिकता र बिश्वसनियताका लागि सहकार्य जरुरी भएको उनले बताए ।
    कार्यक्रममा पूनराबेदन बार ईकाईका अध्यक्ष बल बहादुर चन्द, जिल्ला बार ईकाईका अध्यक्ष उदयराज बर्मा, ईन्सेकका कृष्ण मुरारी प्रसाद भट्ट, नेपाल पत्रकार महासँघ बाँकेका पूर्ब अध्यक्ष शुक्रऋषि चौलागाईं लगाएतले परियोजनाको प्रभावकारिताका बारेमा बोलेका थिए ।
    बासले बाँके जिल्लाको राप्तीपारी क्षेत्रमा र आईएचआरसिले राप्तीवारी क्षेत्रमा परियोजना सञ्चालन गरेको थियो । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह र आईएचआरसिका अध्यक्ष बिश्वजित तिवारीले परियोजना अन्र्तगत भएका गतिविधिहरु प्रस्तुतिकरण गरेका थिए ।
    कार्यक्रममा राप्तीपारी क्षेत्र मटेहिया स्थित महेन्द्र मा.बि. मटेहियाका प्रधानाध्यापक पेशकर सिंह, सामाजिक सञ्जाल मटेहियाका मकबुल अहमद मुकेरीले राप्तीपारी क्षेत्रमा बासले सद्भाव परियोजना सञ्चालन गरेपछि अनुकुल हुने गरि परिवर्तन आएको बताए । उनीहरुले परियोजनाको प्रभावकारिताका बारेमा चर्चा गरेका थिए ।
    बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम सहायक खेम बिष्टले गरेका थिए । कार्यक्रममा ६० बढि सरोकारवालाहरुको सहभागिता रहेको थिया

  • १८ मंसिर २०७४, सोमबार १८:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित