मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा युथ भोलेन्टियर्स सेन्टरको स्थापना
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर १९ । युवाहरुलाई लक्षित गरि सकारात्मक सोच अभिबृद्धि,जिवनउपयोगि सीप बिकाश,उपयोगी प्रवचन र सफल व्यक्तित्वका अनुभव कक्षा संचालन,युवाहरुबिच अन्तरसंवादको थालनी गर्ने र स्वयम सेवाको उदे्श्यका साथ नेपालगन्जमा युथ भोलेन्टियर्स सेन्टर मंगलबारदेखि सुरु भएको छ । क्रियटिभ पिस भोलेन्टियर्स क्लव नेपालगन्जले संचालनमा ल्याएको युथ भोलेन्टियर्स सेन्टरको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल सम्सेर राणा उद्घाटन गदै निस्वार्थ स्वयमसेवीले गरेका प्रत्येक क्रियाकला बाट मात्र समाज र राष्ट्रको बिकाश हुने बताए ।


    नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापाले हरेक शहरको आआफ्नो परिचयबाट परिचय भएको हुनाले नेपालगन्ज शहरलाई युवा स्वयसेवीको शहरका रुपमा पहिचान गराउन अग्रसर हुनुपर्ने बताए ।

    मध्यपश्चिम खेलकुद बिकाश समिती नेपालगन्जका अध्यक्ष भिम ओलीले युथ भोलेन्टियर्स पश्चिम नेपालको आवश्यकता भएको हुनाले युथ भोलेन्टियर्स तर्फ युवाहरुलाई आकर्षण र सभागिता गराउन सके पश्चिम नेपालको समाजिक आर्थिक बिकाशमा परिवर्तन हुने बताए । क्रियटिभ हाण्ड्सका  नेपालगन्जका अध्यक्ष टीएस ठकुरी ले युवाहरुको सशक्तिकरण,युवाहरुको सद्भावमैत्री बिकाश र युवाहरुमा स्वयसेवी भावना जागृत गर्नेका लागी युथ भोलेन्टियर्स सेन्टर स्थापना गरिएको बताउदै युथ सेन्टरले युवाहरुलाई लक्ष्ति गरि बिभिन्न बिषयमा प्रशिक्ष्ति गर्ने नेतृत्व बिकाश, सकारात्मक भावना अभिबृद्धि,बिभिन्न कार्यक्रमको व्यवस्थापन, स्वयमसेवाको कार्य गर्ने बताए ।युएनडिपीको सहयोगमा बहुमुखी सेवा केन्द्रको समन्वय र क्रियटिभ हाण्ड्सले युथ भोलेन्टियर्स सेन्टरको व्यबस्थापन गर्ने कुरा क्रियटिभ हाण्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए /

  • १९ मंसिर २०७४, मंगलवार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित