मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा ६५ लाखमा निमार्ण हुने शहरी स्वास्थ क्लीनिक शिलान्यास
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज मंसीर २५ –नेपालगञ्जमा शहरी स्वास्थ्य क्लीनिक भवनको शिलान्यास गरिएको छ । नेपालगञ्ज वार्ड न २३ स्थित ३ कठ्ठा सरकारी जमीनमा आठ कोठे भवन निर्माण हुन लागेको हो । स्वास्थ्य मन्त्रालय प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको सहयोगमा नेपालगञ्व उपमहानगरपालिकाले भवन निर्माण गर्ने भएको हो । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले एक कार्यक्रमकावीच विधिवत शिलान्यास गर्नु भयो । ६५ लाख ४३ हजार लागतमा निर्माण हुने भवनको निर्माण जिम्मेवारी राधा शर्मा कन्सट्रक्शन नेपालगञ्जले लिएको उपमहानगरपालिका प्राविधिक तथा योजना शाखा प्रमुख इन्जिनियर सुरज गुप्ताले जानकारी दिनु भयो । इन्जिनियर गप्ताका अनुसार ८ महिनाभित्र भवन निर्माण गरिसक्नु पर्नेछ । भवन निर्माणपछि सो क्षेत्रका जनताले सहज र सर्वसुलभ प्राथमिक स्वास्थय सेवा पाउने विश्वास गरिएको छ ।

  • २५ मंसिर २०७४, सोमबार १५:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित