मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जमा हुने आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले उदघाट्न गर्ने
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज मंसिर २६ । समाजिक रुपान्तरका लागी शिक्षामा नयाँ अभियानको मुल नारा साथ आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव मंसिर २८ गतेदेखि नेपालगन्जमा सुरु हुने भएको छ ।
    आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव मुल आयोजक समितीले मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलमा जनाएको छ ।
    पत्रकार सम्मेलनमा आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव मुल आयोजक समितीका प्रचार प्रसार समितीका संयोजक बसन्त लामिछानेले मंसिर २८ गतेबाट सुरु हुने महोत्सवको सम्मपुर्ण तयारी भई सकेको बताउदै महोत्वसको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले उदघाट्न गर्ने बताए । ७ दिन सम्म चल्ने महोत्सवमा १ सय ४० स्टलहरु रहने सो स्टलमा देश बिदेशमा ख्याती कमाएका कयौ प्रकाशनका पुस्तकको अवलोक तथा खरिद गर्न सकिने छ । प्रचार प्रसार समितीका संयोजक बसन्त लामिछानेले १सय ४० स्टल मध्ये ७५ प्रतिशतमा राष्ट्रिय, स्थानियस्तरका पाठयपुस्तक,साहित्यीक कृति सहितका पुस्तकहरु रहनेछन् कुरा बताउदै महोत्सवमा कला संस्कृति संरक्षणका लागी बिभिन्न समुदायको सास्कृतिक कार्यक्रम हुने बताए । महोत्सवलाई उत्पादनहरु ,बैदेशिक उच्च शिक्षाका लागी क्रियाशिल कन्सल्टेन्सीहरु,सुचनामुलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु रहनुका साथै मनोरन्जनात्मक बनाउन कला र संस्कृति जगेर्ना गर्नका लागी स्थानिय तथा राष्टिय कलाकारहरुबाट गीत नृत्य प्रस्तुती र प्रतियोगीता हुने बताए । उद्घाटन समारोहमा राष्टिय र स्थानिय साहित्यकार शिक्षाप्रेमीहरुलाई सम्मान गरिने बताउदै सम्मानित हुनेमा काठमाण्डौ बिश्वबिद्यालयका पुर्व उपकुलपति सुरेशराज शर्मा,यादव खरेल साहित्यकार सनत कुमार रेग्मी र शिक्षाप्रेमि बाँके कोहलपुरका हरि प्रसाद रावतलाई सम्मान गरिने बताए ।

  • २६ मंसिर २०७४, मंगलवार १६:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित