मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका राप्तीसोनारी र नरैनापुर गाउँपालिका लाई शिक्षा, स्वास्थ्य क्षेत्रमा नमुना गाउँपालिका बनाउने , नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)को प्रतिबद्धता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर २७ । नवनिर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी (नमुनाले) राप्तीसोनारी र नरैनापुर गाउँपालिकाकालाई नमुना बनाउने प्रतिबद्वता जनाउनुभएको छ । विजय पश्चात मतदाताको घरदैलोमा पुगिरहनुभएकी प्रदेश सभा सदस्य नमुनाले ५ बर्षभित्र आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिकालाई नमुना बनाएर नै छोड्ने प्रतिबद्वता गर्नुभएको हो । राप्ती सोनारी र नरैनापुर गाउँपालिका विकास तथा अन्य कुरामा पछि परेको बताउदै उहाँले अब यी क्षेत्रको विकासले तिव्र गतिमा फन्को मार्ने दाबी गर्नुभयो । आफुलाई मतदान गरेर विजयी बनाउने मतदातालाई घरदैलोमा नै पुगेर धन्यवाद दिदै नवनिर्वाचित प्रदेश सदस्य नमुनाले मतदातासँग गरेका प्रतिबद्वता पुरा गरेरै छाड्ने प्रतिबद्वता जनाउनुभयो । उहाँले भन्नुभयो,ः राप्तीसोनारी र नरैनापुर शिक्षा, स्वास्थ्य, लगायतका कुराहरुमा पछाडी परेको छ, यसलाई क्रमिक रुपमा सुधार गरेर नमुना गाउँपालिका बनाउन लागिपर्ने छु । निर्वाचनको घोषणा पत्रमा गरिएका सबै प्रतिवद्धताहरु क्रमशः कार्यान्वयनको चरणमा लैजाने उहाँले मतदातासँग प्रतिबद्वता जनाउनुभयो । नमुना बाँके क्षेत्र नम्बर १ अन्तरर्गत प्रदेश क को प्रदेश सभा सदस्य हुनुहुन्छ । विजयी भएसँगै नमुना मतदातालाई धन्यवाद दिन र विजय उत्सव बनाउन जनताको घरदैलोमा पुगिरहनुभएको छ ।

     

  • २७ मंसिर २०७४, बुधबार २०:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित