मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बासले उदयमान स्वयसेवक कार्यक्रम बाँकेमा सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर २९ । बासले युवाहरुलाई स्वयंसेवा तर्फ लाग्न उत्प्रेरित गर्नका लागि ईमरजिङ्ग भोलेन्टियर (उदयिमान स्वयंसेवक) कार्यक्रम शुरु गरेको छ ।
    स्वयंसेवा प्रति युवाहरुको आकर्षण बढाउन, स्वयंसेवा गर्न चाहने युवाहरुलाई सहयोग गर्न, स्वयंसेवि बिबेशिल युवा जमातका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि युवाहरुलाई उत्प्रेरणा प्रदान गर्न बासले कार्यक्रम शुरु गरेको छ ।
    बासले अभियान अन्र्तगत आज नेपालगञ्ज स्थित ज्ञानोदय बिद्या निकेतन कलेजमा बिद्यार्थीहरुलाई अभिमुखिकरण प्रदान गरेको छ ।
    कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, ईन्सपाईरिङ्ग युथ कार्यक्रमका संयोजक खेम बिष्ट र उपनिर्देशक हेमराज भट्टले स्वयंसेवा, स्वयंसेवाको महत्व, आवश्यकता, सकारात्मक सोच, सामाजिक सद्भाव र सुशासनका बारेमा अभिमुखिकरण प्रदान गरेका थिए ।
    ५० जना बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बिद्यार्थीहरुले स्वयंसेवा बारे बिभिन्न जिज्ञाशाहरु राखेका थिए । बिद्यार्थीहरुको जिज्ञाशालाई बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रष्ट पारेका थिए ।

     

  • २९ मंसिर २०७४, शुक्रबार १७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित