मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

‘प्रधानमन्त्रीले चाहिँ राष्ट्रपतिकहाँ पठाएको अध्यादेश पारित भएपछि सरकार छोड्ने र सरकारमा टाँसिइरहन लालायित नभएकोप्रधानमन्त्री शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : सरकार निर्माण, राष्ट्रियसभा अध्यादेश र प्रदेश प्रमुख नियुक्तिलगायत विषयलाई लिएर राजनीतिक ध्रुवीकरण बढिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ताको लोभ त्याग्न दबाब दिएका छन्।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा देउवाले राष्ट्रपतिकहाँ पुगेको राष्ट्रियसभा अध्यादेश जस्ताको तस्तै पारित नभएसम्म सरकार नछाड्ने संकेत गरेपछि दाहालले जनमतको सम्मान गर्न सम्झाएको दाहालका स्वकीय सचिव जोगबहादुर महराले जानकारी दिए।

    ‘राजनीतिक सहमतिबिना प्रदेश प्रमुख तोक्ने र जनमतविपरीत सरकारको आयु लम्ब्याउने काम नगर्न अध्यक्षले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो,’ महराले भने, ‘प्रधानमन्त्रीले चाहिँ राष्ट्रपतिकहाँ पठाएको अध्यादेश पारित भएपछि सरकार छोड्ने र सरकारमा टाँसिइरहन लालायित नभएको अडान दोहोर्‍याउनुभयो ।’ राष्ट्रियसभाको परिणाम नआई नयाँ सरकार गठन हुन नसक्ने र त्यसका लागि राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश पारित हुनुपर्नेमा प्रधानमन्त्रीले विशेष जोड दिएको उनले जानकारी दिए ।

    प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार शनिबार बिहान भएको भेटवार्तामा देउवाले दाहाललाई राष्ट्रियसभा अध्यादेश राष्ट्रपतिकहाँ रोकिनु दुःखद् भएको भन्दै एमालेले त्यसमा जनाइरहेको विरोध गलत भएको बताएका थिए । राष्ट्रपति भण्डारीले विधेयकलाई अड्काएको आशंका प्रधानमन्त्रीले गरेको परियारले बताए ।

    देउवाले राष्ट्रियसभा अध्यादेश जस्ताको तस्तै पारित नभएसम्म सरकार नछाड्ने संकेत गरेका छन् भने दाहालले जनमतको सम्मान गर्न आग्रह गरेका छन् ।

    अर्कोतिर प्रदेश प्रमुख तोक्ने र जिम्मेवारी दिने गरी सरकारले तयारी गर्न खोजेपछि वाम गठबन्धनमा रहेका एमाले-माओवादी र कांग्रेसबीचको विवाद सतहमा देखिएको छ । वाम गठबन्धनका नेताहरूले नयाँ बन्ने सरकारले मात्रै प्रदेश प्रमुख नियुक्ति गर्नुपर्नेमा जोड दिइरहेका छन् । तर प्रधानमन्त्रीका प्रेस संयोजक परियारले त्यो काम वर्तमान सरकारकै भएकाले विपक्षीले बोल्दैमा सरकार नडराउने बताए । ‘प्रदेश प्रमुख नियुक्त नभए प्रदेशसभा कसरी कार्यान्वयनमा आउँछ ? यो कामको अन्तिम तयारीमा सरकार लागिपरेको छ’, उनले भने ।

    देउवाले सत्ता लम्ब्याउने नियत राखेको निष्कर्ष निकालेका ओली-दाहाल भने राष्ट्रियसभा अध्यादेश राजनीतिक सहमतिका आधारमा फेरि अघि बढाउनुपर्ने अडानमा मात्रै छैनन्, प्रदेश प्रमुख र मुकाम तोक्ने सरकारको योजनासमेत पूरा हुन नदिने रणनीतिमा छन् ।

    एमाले अध्यक्ष ओलीले त देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट नवनिर्वाचित सासंदहरूले शपथ नलिने बताइसकेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक परियारले भने राष्ट्रियसभा गठन नभएसम्म र प्रतिनिधिसभाबाट नयाँ सरकार नबनेसम्म ओली विपक्षी दलकै नेता भएको भन्दै उनको भाषणको आडमा सरकार आफ्नो कामबाट पछि नहट्ने जिकिर गरे ।

    दाहालले प्रधानमन्त्री देउवालाई भेट्नु अघिल्लो साँझ एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । ओलीले पनि शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए भने शनिबार देउवासँग छलफल गरेलगत्तै दाहालले पनि राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । ओली र दाहालअघि नै प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति भण्डारीलाई भेटेर गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी गरेका थिए ।अन्नपुर्ण पोष्ट्बाट

  • २ पुष २०७४, आईतवार ११:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित