मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तुलसीपुर उद्योग वाणिज्य संघको रजत महोत्सव, सहभागिताकालागी चुलेनिम्तो
  • मार्गरेखा संवाददाता

  •  

    शरद रेग्मी
    तुलसीपुर, २ पुस । तुलसीपुर उद्योग वाणिज्य संघले भोेली सोमवार रजत महोत्सव मनाउंदै छ । महोत्सवको संपुर्ण तयारी पुरा भएको संघले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियसन सहित दर्जन भन्दा बढि सन्चारकर्मिहरु सहभागि पत्रकार सम्मेलनमा संघका अध्यक्ष विरु रावतले रजत महोत्सवलाइ भव्य र सभ्य रुपमा संपन्न गराउन सन्चारकर्मिहरुको अहम भुमिकाको अपेक्षा गरेका छन् ।
    पत्रकार सम्मेलनमा छोटो मन्तव्य व्यक्त गर्दै प्रियशनले तुलसीपुर उद्योग वाणिज्य संघले यस अघि गरेको जनप्रतिनिधिसमेतको भुमिका र हाल गरेका सामाजिक अभियानहरुलाइ सन्चारजगतले गहिरिएर नियालीरहेको बताएका छन् । साथै पत्रकार सम्मेलनमा उपस्थीत सन्चारकर्मि तथा केहि व्यवसायीहरुले तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीक हकहित संगै सामाजिक अभियानमा थप क्रियाशिल हुन सुझाव दिएका थिए ।
    स्थापनाको पच्चिस बर्ष पुगेको अवसरमा संघले साता व्यापी विविध सामाजिक कार्यक्रम गरी महोत्सव मनाउन थालेको हो । समाजसेवीको भुमिकादेखि जनप्रतिनिधिको भुमिकामा समेत रहेर कामगर्दै आएको तुलसीपुर उद्योग वाणिज्य संघले पछिल्लो रजत महोत्सवमा भयरहित व्यवसायसंगै सामाजिक अभियानमा व्यवसायी भन्ने मुख्य उदेश्यलाइ जनतामाझ लैलान थालेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादर रावत(विरुल)ले बताएका छन् ।
    ‘पच्चीस बर्ष व्यवसायीक सुरक्षाका चुनौतीदेखि मिसम्याच र दोहोरो करका धेरै समस्याहरु झेल्यौं, अव नयां संरचनामा यी सबै समस्या दोहोरीने छैनन, रजत महोत्सवको यहि सन्देश हो, साथै सामाजिक अभियानमा पनि व्यवसायीका हातहरु सधै फैलीरहने छन’—रजत महोत्सवको पुर्वसन्ध्यामा अध्यक्ष रावतले पत्रकार सम्मेलनमा भने । रजत बर्षको संपुर्ण तयारी संपन्न भैसकेको पनि उनले बताए । ‘हाम्रै पहलमा मिसम्याचको समस्या करीव करीव समाधान भैसकेको छ, हामी संपुर्ण व्यवसायीहरुले अव भयरहित वातावरणमा व्यवसाय गर्न चाहन्छौं, दोहोरो कर हामीलाइ मान्य हुने छैन’—रावतले भने, कर करले होइन रहरले तिर्नुपर्छ, यसमा आम व्यवसायीहरु सकारात्मक छौं ।
    रजत महोत्सवका अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघले विसं २०७४ कार्तिक २ गतेदेखि निरन्तर सरसफाइ कार्यक्रम तुलसीपुर अन्चल अस्पतालमा सन्चालन गर्दै आएको छ । त्यस अभियानमा रोट्रयाक क्लव अफ तुलसीपुरले पनि निरन्तर सहयोगगर्दै आएको छ । यो अभियानलाइ एक सय हप्ता सम्म निरन्तरता दिने पनि संघले जनाएको छ । त्यसैगरी संघले रजत महोत्सवकै साताव्यापी कार्यक्रममा विजौरीमा रहेको अनाथ वालवालिकाको आश्रममा शैक्षिक सामाग्रि लगायत खाद्धान्न समेत वितरण गरेको छ भने अन्चल अस्पतालमा रक्तदान र बृक्षारोपण अभियान समेत थालेका छ । रोपिएका विरुवालाइ पानी चाहार्नेदेखि गोडमेल र सुरक्षा सहित हुर्काउने जिम्मा समेत लिएको छ । त्यसैगरी क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानलाइ अनन्त सम्म लैजाने पनि संघले प्रण गरेको छ ।
    साथै संघले यस अघि थालेको वहुआयामिक सभाहलको निर्माणलाइ समेत यो रजत महोत्सवको वन्द सत्रले पहिलो प्रार्थमिकतामा राखेको निवर्तमान अध्यक्ष विमल रिजालले बताएका छन् । सरसफाइ अभियानलाइ अनन्त सम्म लैजाने पनि उनले उद्घोष गरेका छन् । दाताले दिएको जग्गामा वहुआयामिक सभाहल बनाउन यसै कार्यसमितिले सुरुआत गर्ने पनि संघले जनाएको छ । यसै बर्ष जग्गामा वाउण्डरी वाल निर्माणको काम संपन्न भैसकेको भन्दै अव वहुआयामिक सभाहल निर्माण पनि रजत महोत्सव लगत्तै सुरु हुने उनले बताए ।
    संघका अध्यक्ष विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए भने सहजीकरण संघका महासचिव रुप वहादुर खत्रीले गरेका थिए ।

  • २ पुष २०७४, आईतवार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित