
आँखा फरफराउनलाई विभिन्न कुराको संकेतका रुपमा लिने चलन छ हाम्रो समाजमा । कसैले शुभखबरको लक्षण मान्छन त, कसैले अशुभ । जसले जुन किसिमले अथ्र्याएपनि आँखा फरफराउने वैज्ञानिक कारण भने यस्तो रहेछ । डा. रञ्जना शर्माका अनुसार आँखा फरफराउनुको कारण यी हुन् । आँखा फरफराउने कुरामा समाजमा धेरै भ्रम र अन्धविश्वास रहेको छ । आँखा फरफराउने वास्तविक कारणनै नबुझी धेरैले केही अशुभ हुने होकी भनी मानसिक तनाव लिने समेत गर्छन । आँखा यही कारणले फरफराउँछ भन्ने स्पष्ट छैन् । तर आँखामा केही समस्या भयो भने आँखा फरफराउँछ । सामान्यतया मानिसको आँखा १ मिनेटमा १५/१६ पटक चिम्किनु पर्छ । तर विविध कारणले गर्दा त्यो भन्दा धेरै झिम्झिम ग¥यो भने त्यसलाई नै आँखा फरफरायो भनिन्छ ।
विशेषत आँखा फरफराउने कारण निम्न छन् ;
१.आँखा सुख्खा हुनु : उमेर बढ्दै गए पछि वा बढी कम्प्युटर वा प्राविधिक सामान प्रयोग गर्नेको आँखा सुख्खा हुन्छ । साथै एन्टिबायोटिक औषधिको अधिक प्रयोग गर्ने मानिसमा पनि यस्तो समस्या बढी हुन्छ ।
२.आँखा दुख्ने : आँखा वरिपरिको ढकनी वा आँखामा कुनै पनि समस्या आयो भने आँखा फरफराउने हुन्छ ।
३. आँखालाई तनाव ।
४.अध्याधिक मद्यपान तथा धुम्रपान ।
५. भिटामिनहरुको कमी ।
६. आँखाको एलर्जी ।
आँखा फरफराउँदा के गर्ने ?
लगातार आँखा फरफराई राखे सफा पानीले आँखाको ढकनी चिसो पार्नुस् । आँखालाई बोझ पर्ने एकै प्रकृतिको काम गरे पछि आधा–आधा घण्टामा आाखालाई आराम दिनुस् । (नजिकको बस्तु हेरेको भए टाढाको बस्तु हेर्ने, टाढा हेरेर काम गरेका भए नजिकको बस्तु हेर्ने) यो कुनै ठुलो समस्या हैन् । तर लामो समय लगातार फरफराई राखे चिकित्सकको सल्लाह बमोजिम उपचार गर्न सकिन्छ ।हाम्रो डाक्टरबाट