मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन चर्चा छैन प्रादेशिक राजधानीका लागि बा“केको
  • मार्गरेखा संवाददाता

  • प्रदेश नं. ५ को प्रादेशिक राजधानी कहाँ बन्ने हो ? यो सबै प्रदेशवासीको चासोको विषय बनेको छ । हालसम्म बुलवल या दाङको मात्रै चर्चा गरिएको छ ।
    भौतिक पूर्वाधार र अन्य व्यवस्थापकीय सहजतालाई अध्ययन भएपछि मुख्यत चार ठुला व्यापारिक केन्द्र रहेको जिल्लाहरुको प्रादेशिक राजधानीको लागि चर्चामा आएका थिए । लुम्विनी, बुटवल, तुलसीपुर या घोराही र नेपालगञ्ज–कोहलपुर प्रदेश नं. ५ को चर्चामा रहेका शहर हुन् । तर पछिल्लो समयमा बाँकेका क्रियाशील राजनीतिक दल र सम्बद्व सरोकारवाला निकायको मौनताको कारण बाँकेमा प्रादेशिक राजधानी बन्न सक्ने सम्भावना तुहिने अवस्थामा छ । कतिपय जिल्लास्तरीय अगुवाहरुले खुलेरै प्रदेश नं. ५ को प्रादेशिक राजधानी दाङमै हुनुपर्छ भनेर सामाजिक सञ्चालमा टिप्पणी गर्न थालेका छन् ।
    प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारकोक्रममा बाँकेलाई राजधानी बनाउन भन्दै सबैजसो उम्मेदवारले प्रतिवद्धता जनाएका थिए । तर विजयी भएका उम्मेदवारहरु बाँकेलाई राजधानी बनाउन हुनुपर्नेजति सक्रिय नभएको आरोप लाग्न थालेको छ । यस क्षेत्रबाट निर्वाचित हुने जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान ग्रहण गर्न भ्याई नभ्याई भइरहेको अवस्थामा कतिपय सरोकारवाला प्रतिनिधीहरुले बाँकेमै प्रादेशिक राजधानी बनाउन पहल गरिदिन आग्रह गरेपछि निर्वाचित जनप्रतिनिधीहरु भने यस विषयमा अझैसम्म मौनता देखाइरहेका छन् ।
    मंगलबार कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचित प्रतिनिधी तथा प्रदेश सभाका सदस्यहरुलाई स्वागत सम्मान कार्यक्रममा कोहलपुर उद्योग वाािण्ज्य संघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता चिन्तामणी धितालले बाँकेलाई प्रादेशिक राजधानी घोषणा गर्न सरकारलाई दवाव दिन निर्वाचित जन प्रतिनिधीहरुलाई आग्रह गरे । आप्mनो मन्तव्यको क्रममा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथक र प्रदेश सभा सदस्य आरती पौडेलले यस विषयलाई खासै चासो देखाएनन् । आप्mनो भनाई राख्ने क्रममा दुवै निर्वाचित जन प्रतिनिधीहरुले विकास र सम्बृद्विको बारेमा आप्mनो भनाई केन्द्रित राख्दै विकासे योजनाबारे मात्र चर्चा गरे ।
    यसैबीच पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा बाँकेमा प्रादेशिक राजधानी घोषणा हुनुपर्नेमा जनदवाव बढ्न थालेको छ । मंगलबार मात्रै नगर विकास समिति कोहलपुरका अध्यक्ष अवराज खड्काले प्रादेशिक
    राजधानी स्थापनाका लागी आवश्यक भौतीक पूर्वाधारहरुको कुनै समस्या नरहेको भन्दै खड्काले आवश्यक परेको खण्डमा कोहलपुर नगरविकास समितिले २ सय बिगाह जमिन उपलब्ध गराउन तयार रहेको सामाजिक सञ्जाल मार्फत अभिव्यक्ति दिएका छन् ।
    ७ वटै प्रदेशको प्रादेशिक राजधानिको खोजि भईरहेको सन्दर्भमा खड्काले प्रादेशिक राजधानिकालागि कोहलपुर उपयुक्त स्थान रहेको बताएका हुन ।
    ५ नम्बर प्रदेशको केन्द्रमा रहेकाले राजधानिकालागि कोहलपुरको विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष खड्काले राजधानि स्थापनाकोलागि आवश्यक जमिन उपलब्ध गराउन आफु आतुर रहेको बताए ।
    साथै उनले राजधानिकालागि आवश्यक पुर्वाधार निर्माणकालागि कोहलपुर नगरविकास समिति सक्षम रहेको भन्दै दवावकालाई सबैलाई आग्रह समेत गरेका छन । आगामि १ वर्षभित्र सबै भौतिक संरचना निर्माण गरि सेवा प्रवाह गर्ने वातावरण सृजना गराउन नगर विकास समिति तत्पर रहेको खड्काले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन ।

  • ५ पुष २०७४, बुधबार १७:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित