मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका गन्धर्वहरु राज्यबाट प्राप्त हुने सेवा सुविधाबाटसमेत वन्चित
  • मार्गरेखा संवाददाता

  •  


    बर्दिया,पौष,७ । परम्परागत रुपमा सारंगी रेटेर घर घरमा गईमानिसहरुलाई सुमधुर गित संगितको माध्यमबाट मनोरन्जन प्रदान गर्दै आएका गन्धर्वहरु आजभोली भेटिन छाडेका छन्। आधुनीकरण संगै सूचना र प्रविधिमा भएको बिकाशका कारण सारंगीको गीत सुन्ने मानिसहरुमा कमि भएकै कारण गन्धर्वहरु पेशा परिवर्तन गर्न वाध्य भएका हुन्।
    पेशा परिवर्तन संगै नयाँपिडीहरुलेत सारंगी समात्न समेत छाडेका छन् । अन्य पेशा अंगालेकै कारण गन्धर्व जातीको पहिचान समेत लोपहुने खतराभने बढ्दै गएको गन्धर्वहरुको ठहर रहेको छ । यसैको पछिल्लो उदाहरण वनेको छ बर्दियाको बढैयाताल गाबिस वडानं ४माअवस्थित गन्धर्व वस्ती । पुख्यौली पेशाले छाक टार्न समेत कठिन पर्नै गरेको र यस पेशाले अपहेलीत र र अमर्यादीत हुनुपरेका कारण युवा गन्धर्वहरु वैकल्पिक प्शा अंगाल्न थालेको वताउछन् दिलीप गन्धर्व यस पेशालाई मगन्ते पेशाका रुपमा हेरिने भएका कारण पनि युवा पिडी यसपेशालाई अंगाल्न नचाहने उनको ठम्याई छ ।

    २०६८ सालमा यस वस्तीमा गन्धर्वहरुको बिजोग रहेको थियो । खरले छाएको अव्यवस्तीत वस्ती तथा परम्परागत पेशाले दिएको अभावका कारण यस वस्तीको अवस्था अत्यन्तै दयनीय रहेको थियो । बर्दियाका विभिन्न स्थानमा गरि जम्मा ९२ घरधुरीमा ४६० जना गन्धर्व हरु रहेको सहकर्मिनेपालको तथ्याङ्ग रहेको छ । हाल बढैयाताल गाँउपालिकामा ४७ घरधुरी रहेका छन् । भाग्य र कर्मलाई दोष दिई कष्टकर जीवन बिताईरहेका गन्धर्व समूयादायलाई हक अधिकारवारे समेत चेतना नभएका कारण  राज्यबाट प्राप्त हुने सेवा सुविधाबाटसमेत वन्चित रहेका थिए । यसै क्रममा खाद्य अधिकारका सवालमा कामगर्नै संस्था फियान नेपालको सहयोग र सहजिकरणमा आज बर्दियाको बढैयातालका गन्धर्व वस्तीका गन्धर्वहरुमा एकाएक परिवर्तन आएको छ । फियानले २०६८ सालदेखि गन्धर्व वस्तीका समूदय स्तरमा सवाल पहिचान,घटना दस्तावेजिकरण तथा बिश्लेषण,क्षमता अभिवृद्धिलगायतका सवालमा सरोकारवाला निकाय संग जोड्ने काम गरेका कारणनै यहाँका गन्धर्व वस्तीमा परिवर्तन आएको हो ।
    यसै अभियानको फलस्वरुप जनता आवास कार्यक्रम अन्तर्गत ४७ घर पक्कि निर्माण,सुकुम्वासी समस्या समाधान आयोगबाट १८ घरधुरीले लालपूर्जा समेत पाईसकेका छन् । अहिले परम्परागत पेशालाई छाडेर अन्य पेशा जस्तै टेम्पो संचालन, गर्दै आईरहेको वताउछन फियान नेपालका महासचिव सत्यराम त्व्यना ।
    यसै परिवर्तनको साथसाथै बर्दियाको यस गन्धर्व वस्तीलाई नमूना वस्तीको रुपमा निर्माण गर्नका लागि बढैयाताल गाँउपालिकाले समेत प्रतिवद्धता गरेको छ । यस वस्तीलाई निर्माण गर्नका लागि बढैयाताल गाँउपालिका लाई दिईएको कार्ययोजनालाई कार्यन्वयन गर्नका लागि बढैयाताल गाँउपालिकाले कुनै कसुर नराख्ने गाँउपालिका अध्यक्ष लालवहादुर श्रेष्ठले वताए ।
    लालबहादुर श्रेष्ठअध्यक्ष बढैयाताल गाँउपालिका सूचना तथा संचारको बिकाश नभएकावेला सारंगीको धुनमा देशबिदेशमा घटेका घटनाहरुलाई घर घरमा गई सूचना दिई पत्रकारको भुमिका निर्वाह गरेका गन्धर्वहरुलाई लिईने गरिन्छ । आफ्नै पुख्यौली पेशाबाट पेटपाल्न कठिन भई अन्यपेशामा लागेका गन्धर्वहरुको संरक्षण गर्न नसके भोलिको दिनमा भावि संततिले गन्धर्वको वारेमा ईतिहाँसमा मात्रै पढ्न पाउने छन् । यस तर्फ राज्यको ध्यान जान जरुरी छ ।

     

     

  • ७ पुष २०७४, शुक्रबार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित