मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाल बिबाह रोकथाम तथा न्यूनिकरणका लागि एकजुट भएर लाग्ने जानकी गाउँपालिका बालबालिको प्रतिबद्धता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मंसिर ७ । बाल बिबाह रोकथाम तथा न्यूनिकरणका लागि एकजुट भएर लागिपर्ने एक तालिमका सहभागिहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
    जानकी गाउँपालिका, १ नम्बर वर्डा कार्यालय साइगाउँको सहयोग तथा बास नेपालगन्जको आयोजनामा साइगाउँमा शुक्रबार सम्पन्न भएको दुई दिने प्रजनन स्वास्थय तथा बाल बिबाह न्यूनिकरण बिषयक तालिमका सहभागिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।
    पौष ६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै जानकि गाउँपालिका वडा नं. १ का वडा सचिब इश्वर कुमार बमले बाल बिबाहले बालबालिकाको मानसिक, शारिरीक, सामाजिक, आर्थिक र स्वास्थ्यका क्षेत्रमा नकारात्मक असर गर्ने भएकाले यस्का बिरुद्ध लाग्नुपर्ने बताए । समापन कार्यक्रममा बोल्दै तालिमका सहभागिहरुले बाल बिबाह सामाजिक अपराध भएकाले तालमिबाट यस्को न्यूनिकरणका लागि लाग्न उतप्रेरण मिलेको बताए । तालिमबाट प्रजनन स्वास्थ्य, बाल बिबाहबाट हुने नकारात्मक असरहरु र बाल बिबाह सम्बन्धिको कानुनि प्राबधानको वारेमा जानकारी प्राप्त भएको सहभागिहरुले प्रतिक्रिया दिएका थिए ।
    दुई दिन सम्म सञ्चालन भएको लालिममा प्रजनन स्वास्थ्य, प्रजनन स्वास्थ्यका तत्वहरु, प्रजनन स्वास्थ्यले समेट्ने क्षेत्रहरु, बाल बिबाह, बाल बिबाहका प्रकार, बाल बिबाहका नकारात्मक असरहरु, बाल बिबाह रोक्न किशोरकिशोरीको भुमिका, बाल बिबाह सम्बन्धिको कानुनि प्राबधान, दाईजो प्रथा लगाएतका बिषयमा बासका केन्द्रीय अध्यक्ष मन भण्डारी र बासका कार्यक्रम संयोजक शम्भु शाहीले प्रशिक्षण दिएका थिए । तालिममा वडाको बिभिन्न क्षेत्रका ३५ जना बालबालिकाको सहभागिता थियो ।

     

  • ७ पुष २०७४, शुक्रबार १९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित