मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२ विद्यालयका वालवालिकालाई स्वीटर वितरण
  • मार्गरेखा संवाददाता

  • SONY DSC

    एक समाजसेवी युवाले आप्mनो नीजि लगानीमा २ विद्यालयका वालवालिका हरुलाई स्वीटर वितरण गरेका छन् ।
    बर्दिया बासगढी वडा नं. २ राँझा निवासी समाजसेवी युवा मिनु मल्लले ५६ जना वालवालिकालाई स्वीटर वितरण गरेका हुन् । बासगढी नगरपालिका वडा नं. २ मा

    रहेका दुई विद्यालय जीवन ज्योती मा.वि. राँझा र सरस्वती आधारभूत विद्यालय बेतहनी अध्ययनरत छात्र छात्रालाई आप्m

    नो नीजि खर्चमा स्वीटर वितरण गरेका हुन् । कोहलपुरका व्यवसायी एवम् चलचित्रकर्मी समेत रहेका मल्लले आप्mनो आम्दानीको केही रकम छुट्याएर सामाजिक क्षेत्रमा लगानी गर्ने क्रममा यस वर्ष दुई विद्यालयका ५६ जना वालवालिकालाई स्वीटर वितरण गरेको बताए । चिसो मौसम बढेसँगै ग्रामिण क्षेत्रका विपन्न समुदायका वालवालिकालाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको बताए ।
    अघिल्लो वर्ष पनि उनले ३० जना वालवालिकालाई स्वीटर वितरण गरेका उनले यस वर्ष ५६ जनालाई सहयोग गर्न पाउँदा मनमा छुट्टै आनन्द महशुस भएको बताए ।
    अन्य सहयोगी मन भएका व्यक्तिहरुलाई समेत सामाजिक क्षेत्रमा सहयोग गर्न प्रेरित गराउने उद्देश्यले आपूmले वालवालिकालाई स्वीटर सहयोग गरेको बताउँदै समाजसेवी मल्ले भने–“थोरै मानिसले मात्र सकारात्मक सोच अनुरुप सक्दो सहयोग गर्न सके, दुःख पीडा र

    समस्यामा परेका धेरै व्यक्तिहरुलाई राहत मिल्नेछ ।” आगामी दिनमा पनि सामाजिक क्षेत्रमा विशेष सहयोग गर्ने प्रतिबद्वता जनाउँदै मल्लले आप्mनो सहयोगी हात सदैव अगाडी बढ्ने बताए ।

     

  • ८ पुष २०७४, शनिबार १३:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित