मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुद्राक्ष फिल्मसको सहयोग वालवालिकालाई
  • मार्गरेखा संवाददाता

  • रुद्राक्ष फिल्मस् प्रा.लीले कोहलपुर नगरपालिका वडा नम्वर ११ मा रहेको ज्ञान ज्याति माध्यामिक विद्यालयमा अध्यनरत ५० जना विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरेको छ ।
    विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ५० जना विद्यार्थीलाई करिव ४० हजार वरावरको
    न्यानो स्वीटर वितरण गरेको रुद्राक्ष फिल्मस् प्रा.लीका प्रवन्ध निर्देशक रुद्र प्रसाद खनालले बताए । विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरणसँगै विद्यालयलाई एक थान आम चियर पनि हस्तान्तरण गरेको खनाले बताए ।
    कक्षा १ देखि ५ सम्म अध्यनरत विद्यार्थी

    का अभिभावकलाई विद्यालयमा साँगेतिक कुर्ची दौड मार्फत पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेकाहरुलाई एक–एक वटा कुर्चि समेत वितरण गरिएको थियो ।
    कोहलपुर नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष तथा विद्यालयका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले यस्ता कार्यक्रमले विद्यालय तथा अभिभावकलाई राहात पुग्ने बताए । यस्ता कार्यक्रमले सवैलाइ उर्जा पुग्ने थापाको भनाइ छ ।
    विद्यालयमा अध्यनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई रुद्राक्ष फिल्मस् प्रा.ली.ले जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरेर सहयोग गरेकोमा विद्यालयका प्रध्यानापक गोविन्दराज श्रेष्ठले आभार ब्यक्त गरेका छन् ।

  • ८ पुष २०७४, शनिबार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित