मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रादेशिक महोत्सवको औपचारिक घोषणा माघ ११ गते देखि नेपालगन्ज सुरु हुने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज,पुस १४ गते ।  नेपालगन्जमा आगामी माघ ११ देखि २२ गतेसम्म  हुने प्रादेशिक महोत्सव–२०७४ को औपचारिक तयारी सुरु गरिएको छ ।  सङ्घका अध्यक्ष नन्दलाल बैश्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारबाट १० बिघा जग्गा भोगाधिकार पाएको बहुउद्धेश्यीय  सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ प्रदेशस्तरको प्रादेशिक महोत्सवको आयोजना गर्न लागेको बताए ।

    सभागृह निर्माणका लागि यसअघि पनि नेपालगन्ज उद्योग बाणिज्य संघले पटक–पटक महोत्सवको आयोजना गरिसकेको छ ।  यसअघिका महोत्सवबाट करिब डेढ करोड रुपिया बचत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा स्वदेश र विदेशमा उत्पादित वस्तुहरुको विभिन्न ३०० वटा स्टल रहने भएको छ महोत्सवलाई सम्पन्न गर्नका लागि सङ्घका अध्यक्ष बैश्यको संयोजकत्वमा ७५१ सदस्यीय मुल आयोजक समिति तथा २२ वटा उपसमिति समेत गठन गरिएको छ ।

    महोत्सवबाट करिब एक करोड आम्दानी गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष बैश्यले बताए ।नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले महोत्सव सफलताका लागि सबै पक्षको सहयोगको आग्रह गरिएको बताए ।

  • १४ पुष २०७४, शुक्रबार १७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित