मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गोरखा युनाइटेड पब्लिक स्कुलमा सातौं संस्थापक फुटवल कप प्रतियोगिता सुरु
  • मार्गरेखा संवाददाता


  • किरण आचार्य
    कोहलपुर पुष १४ । कोहलपुर स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा सातौं संस्थापक फुटवल कप प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । हरेक वर्ष खेलकुद सप्ताह रुपमा संचालन गर्दै आईरहेको गोरखाले यस वर्षपनि ४ वटा सदनका छात्रा÷छात्रहरु बीच अन्तर सदनात्मक फुटवल प्रतियोगिता गरिनेछ ।
    विद्यालयका संचालक अध्यक्ष केशर बहादुर आलेले फुटवल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्षले विद्यार्थीहरुलाई शिक्षा मात्रको ज्ञान नदिई आफुभित्रको प्रतिभालाई खेलको माध्यमबाट पहिचान गरि चौतर्फि विकासमा जोड दिन यस खेलकुद प्रतियोगिताको आयोजना गरिएको र विद्यार्थीको निन्ति आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर समेत भएको बताए । वि.स. २०६८ सालदेखि विद्यालयका संस्थापकहरुको आफ्नै छुटै कोषबाट संचालन हुदै आईरहेको यस प्रतियोगिता पौष महिनाभरी हरेक शुक्रबार संचालन हुनेछ । उक्त खेल प्रतियोगिताको अन्तिम दिन संस्थापक, शिक्षक तथा कर्मचारीहरु बिच मैत्रीपुर्ण फुटवल खेल पनि हुने विद्यालयले जनाएको छ ।
    खेल प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्धितीयलाई ६ हजार दिइने छ भने संस्थापक, शिक्षक तथा कर्मचारीतफ बिजेतालाई रु.८ हजार नगद पुरस्कार दिईने खेल संयोजक राजु बि.क.ले जानकारी दिनुभयो ।

  • १४ पुष २०७४, शुक्रबार १७:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित