मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भदौ २४ गते–जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा दिवस मुल समारोह समितिद्धारा सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले नगद पचास हजार पुरस्कार र ताम्रापत्र प्रदान गर्नु भएको हो ।
    हरेक कार्य क्षेत्रमा तोकिएका कामहरू इमान्दारी पूर्वक सेवाग्राही केन्द्रीत भएर उतकृष्ट कार्य सम्पन्न गरेकोले उहाँलाई पुरस्कृत गरिएको हो । हुलाक कार्यालयमा कार्यरत पाण्डेले परिवर्तनशिल धारबाट हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभोक्ता हितका क्षेत्रमा गरेका परिवर्तनमुखी काम, कोहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गरेका संस्थागत सुधार गर्नु भएकोमा पुरस्कृत गरिएको हो । सामथै वातावरण तथा सरसफाई, सड्क बिस्तार तथा सीप र क्षमता विकास अभियानहरूले आफु पुरस्कृत हुने थप आधार भएको उहाँले बताउनु भयो । पुरुस्कारले आफुमा थप हौसला बढेको समेत प्रतिक्रिया दिनु भयो ।

  • २४ भाद्र २०८०, आईतवार १२:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित