मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पुर्वराजासँगको भेटलाई राजनीतिक नभई सम्बन्धका हिसाबले भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एव उपप्रधान तथा स्थानीय विकास मन्त्रीकमल थापा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पौष १५ गते । पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटनका लागि बाँकेमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटघाट गरेका
    छन् ।
    आज होटल सोल्टीमा वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्व राजा ज्ञानेन्द्रसँग भेटघाट गरेका हुन् ।
    निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजासँग भेट गरी निर्वाचनको नतिजाका विषयमा समेत जानकारी समेत गराएका थिए । शनिबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले सञ्चारकर्मीसँग राजासँगको भेटलाई राजनीतिक नभई सम्बन्धका हिसाबले भएको बताउनु भयो ।

    अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण कार्यकर्ताहरु हतोत्साहीत भएका कारण आफु देशभरमा कार्यकर्तालाई हौसला प्रदान गर्न दौडिरहेको बताए । उनले कार्यकर्ताहरुलाई निर्वाचनको परिणामबाट कत्तिपनि नआत्तिन अनुरोध समेत गरेका छन् । ‘हामीले सोचेका पनि थिएनौं, उनले भने, ‘यो परिणामले कार्यकर्तामा केही निराशापन छाएको छ र आत्तिनुपर्दैन एकपटक लडेपछि फेरी उठ्न सकिन्छ । उनले निर्वानको हारबाट शोक मनाउनभन्दा समक्षिा गर्दै कारण पत्ता लगाउन देश दौडाहमा लागेको बताए । हारको पीडामा विरित्तिएर रोइलो गर्नुभन्दा गाउनु वेस उनले थपे त्यसैले हारबाट पाठ सिक्दै पुनः स्थापीत हुन गाइरहेका छौं ।
    पटक–पटक सरकारमा जाने प्रवृतिले गर्दा राप्रपा खुम्चीएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष थापाले भने पक्कै पनि जनताले त्यही सोचेर नै सडकमा पु¥याएका होलान अब हामी सच्चिएर अगाडि बढ्ने छौं । उनले राप्रपा सरकारमा बसेर भन्दा पनि सडकबाट संघर्ष गरोस भनने जनताको चाहाना भएकाले निर्वाचनमा पराजय भोग्नुपरेको अनुभव बताए ।

  • १५ पुष २०७४, शनिबार १९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित