अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने देशैभरीका बाढि प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न सबैलाई अपित गरेका छन । शनिबार फेसबुकमार्फत प्रेस विज्ञप्ती सार्वजनिक गर्दै न्यौपानेले विपद् ब्यवस्थापनका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय हुन सबैलाई अपिल गरेका हुन ।
उनले आफु मातहतका सम्पूर्ण सदस्यहरुलाई प्रभावित क्षेत्रहरूमा उद्दार र रहात कार्यमा जुट्न निर्देशन दिएका छन । विशेष गरी बाँकेको राप्ती–सोनारी गाँउपालिका लगाएतका क्षेत्रमा भएको मानविय क्षतीप्रति गहिरो दुःख ब्यक्त गर्दै न्यौपानेले थप क्षती न्यूनिकरणकालागि केन्द्रित हुन यहाँस्थित नेता कार्यकर्तालाई आह्वान गरेका छन ।
केही दिनदेखिको लगातार वर्षाका कारण तराईका बाँके, बर्दिया, दाङ लगाएत क्षेत्रमा बाढि आउन हजारौं घरबार बिहिन भएका छन भने धेरैको ज्यान गएको छ । अझैं पानी पर्ने क्रम नरोकीएकाले सबैलाई शुरक्षित रहन न्यौपानेले अपिल समेत गरेका छन । सरकारी संयन्त्रका अलावा सम्पूर्ण राजनितिक दलका नेता कार्यकर्ताहरुलाई मानविय कार्यमा जुट्न अपिल गर्दै न्यौपानेले बाँकेका सम्पूर्ण विद्यार्थी नेता÷कार्यकताहरुलाई उद्धार तथा राहत कार्यमा यथासिघ्र परिचालन हुन निर्देशन दिएका छन । साथै राष्ट्रिय स्तरबाट राहत संकलनका लागि अभियान संचालन गर्ने तयारी भईरहेको न्यौपानेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।