मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेशकाे स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार
  • मार्गरेखा संवाददाता

  •  लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ ।

    स्वास्थ्य मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरी अन्तिम रूप दिइएको हो ।

    स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन हुने एकीकृत स्वास्थ्य तथा सरसफाइ र प्रादेशिक अस्पताल सुदृढीकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणको लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरिएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयबाट सञ्चालन हुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शनमाथि छलफल गरिएको छ । छलफलबाट अन्तिम रूप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने छ ।

    स्वास्थ्य सचिव डा. पन्थीको अध्यक्षतामा भएको परामर्श बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटोछरितो तरिकाले कार्यान्वयन हुनेगरी मार्गदर्शन र कार्यविधि तयार गरिनुपर्ने बताउनुभयो ।

    कार्यक्रम कार्यान्वयनका लागि निर्माण हुन बाँकी रहेको कार्यविधि एक साताभित्र निर्माण गर्न निर्देशन दिँदै मन्त्री खनालले योजना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले यस वर्षदेखि सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिनुभयो ।

    स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले दुई वटा कार्यालयले एकै प्रकृतिको काम गरी दोहोरोपना हुने काम नगर्न निर्देशन दिनुभयो । स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयूर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरी १५७ वटा कार्यक्रमको मार्गदर्शन तयार भएको छ ।

  • २७ भाद्र २०८०, बुधबार १८:१० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित