मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अवस्था सुधारउन्मुख छ : क्षेत्रीय प्रशासक गुरागाँई
  • मार्गरेखा संवाददाता

  • अवस्था सुधारउन्मुख छ : क्षेत्रीय प्रशासक गुरागाँई

    मध्यपश्चिम क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाँईले बाढि प्रभावित क्षेत्रको अवस्था सुधारोन्मुख हुँदै गएको बताएका छन । उद्दार तथा राहत सामग्री वितरणका लागि सबै निकायलाई खटाईएको बताउँदै गुरागाँईले अवस्थामा सुधार आउँदै गएको संकेत गरेका हुन ।

    नेपालगञ्ज राँझास्थित आर्मी ब्यारेकमा उद्दार तथा राहत संकलनका क्षेत्रिय यूनिट खडा गरी जोखिम न्यूनिकरणका सबै प्रयासहरु थालिएको गुरागाँईले जानकारी दिए । उनले सबै सुरक्षा निका यका प्रमुखहरुलाई नेपालगञ्ज युनिटमै केन्द्रित हुन निर्देशन दिएको र सोही बमोजिक उद्दारका गतिबिधीहरु अगाडी बढाईएको बताए । बाढि प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिदै गुरागाँईले बाँकेमा ३ जनाको मृत्यु भएको पुष्टि गरेका छन । त्यसैगरी दाङ र सुर्खेतमा समान ३/३ जना र बर्दियामा ४ जनाको मृत्यु भएको जानकराी दिएका छन । त्यसैगरी बर्दिया र दाङमा १/१ जना बेपत्ता भएको र उनिहरुको खोजीकार्य तिब्र पारिएको गुरागाँईले जानकारी दिएका छन ।

    आईतबार बिहानदेखि सेनाको हेलिकप्टरद्धारा उद्धार कार्यलाई निरन्तरता दिईएको जानकारी दिदैं गुरागाँईले हालसम्म बाँकेका राप्तीसोनारी, डुडुवा र नरैनापुरबाट ८ हजार ६ सय ८० जनाको उद्धार गरिएको बताए । त्यसैगरी बर्दियामा ९ हजार ४ सय ८६, दाङमा ४ सय ७५ जनाको सकुशल उद्धार गरिएको छ । लगातारको वर्षाका कारण बाँके, बर्दिया, दाङ र सुर्खेतमा २ हजार ९३ घरमा क्षती पुगेको क्षेत्रिय प्रशासक गुरागाँईले पुष्टि गरेका छन ।

    यसैबिच प्रेस सेन्टर नेपाल बाँकेको विशेष पहलमा सोमबार राप्तीपारीका बाढिपिडितहरुलाई राहत सामग्री वितरण गरिएको छ । प्रेस सेन्टर नेपाल बाँकेद्धारा संकलन गरिएको १ लाख ५० हजार रकम बराबरको खाद्यान्न बाढिपिडितहरुलाई बितरण गरिएको हो । सेनाको हेलिकप्टर मार्फत संगठनका पदाधिकारीहरु बढि प्रभावित क्षेत्रमा पुगेर आफै राहत सामग्री बितरण गरेका हुन । बाढि प्रभावितहरुलाई राहत वितरण गर्नेमा प्रेस सेन्टर पहिलो देखिएको हो । हालसम्म उद्धारका गतिबिधीहरु संचालन गरीएपनि राहत वितरण भने हुन सकेको थिएन ।

    ज्ञान नेपालसँगको समन्वयमा सेन्टरले बाँकेको राप्ती सोनारी गाँउपालिकाका बाढि पिडितहरुलाई ५२ पेटी चाउचाउ, २० बोरा चिउरा, २० बोरा भुजा, २७ पेटी बिस्कुट, ६९ पेटी पानी लगाएतका खाद्य सामग्रीहरु बितरण गरेको संगठनका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिएका छन ।

  • ३० श्रावण २०७४, सोमबार १८:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित