मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा ४३ क्विन्टल चुरा २८ सय प्याकेट चाउचाउ बाढीपिडित तत्कालिन राहत बितरण
  • मार्गरेखा संवाददाता

  • बाँकेमा ४३ क्विन्टल चुरा २८ सय प्याकेट चाउचाउ बाढीपिडित तत्कालिन राहत बितरण

     

     

    जिल्ला दैबि प्रकोप उद्धार समितिले बांकेले सोमबार विभिन्न क्षेत्रहरुका नागरिकहरुलाई राहात बितरण गरेको छ । बांकेको राप्तिसोनारी ७ स्थित देउपुर,राप्तिसोनारी ४ स्थित सर्रा,होलीयाकोे कृर्षि चौफेरी र नरैनापुर गाउपालिकाको भगवानपुर र नरैनापुरमा राहत बितरण गरीएको छ । राहात समग्रीमा ४० क्विन्टल चिउरा,२ सय २५ किलो चिनि,२८ सय ८० प्याकेट चाउचाउ,२ सय ५० केजि नुन,१० कार्टुन विस्कुट ,५ सय ४० बोक्तल पानि वितरण गरीएको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ । यस्तै आज डुडुवा गाउपालिकाका लागि ५हजार १ सय ५० जना लाई तिन दिनका लागि पुग्ने खाद्य सामाग्रि हस्तान्तरण गरीएको छ । गाउपालिकाका अध्यक्ष नरेन्द्र चौधरीलाई हस्तान्तरण गरीएको हो । निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन बांके,नेपाल निजामति कर्मचारी संगठन बांके र निजामति कर्मचारी युनियन संघले पनि सोमबार नै राहात वितरण गर्ने भएका छन । बांकेको डुडुवा गाउपालिकाको कम्दिमा ३ क्विन्टल चिउरा, १२ सय प्याकेट चाउचाउ वडा नम्बर ४ र ५ का वडा अध्यक्षलाई बितरणका लागि हस्तान्तरण गरीएको निजामति कर्मचारी संगठन बांकेका सचिव देविलाल चौलागाईले बताउनुभयो ।

    होल्डिङ्ग ह्यान्ड फाउन्डेशन बाँकेले पनि बाँकेको राप्तीपारी स्थित बैजापुरमा विभिन्न खाद्य साम्रागी तथा लत्ताकपडा वितरण गरीएको फाउन्डेशनका निर्देशक सागरसिंह ठकुरीले बताउनुभयो । राहत साम्रागीमा चाउचाउ, भूजा, चिउरा, विस्कुट, महिला तथा पुरषका लत्ता कपडा, जुत्ता चप्पल गरी करिव २०० जनालाइ पुग्ने राहत समा्रगी वितरण गरीएको फाउन्डेशनका उपाध्यक्ष राहुल कौशलले जानकारी दिनुभयो ।
    कारितास नेपालले पनि राहत बितरण गरेको छ । डुडुवा गाँउपालिकामा विभिन्न खाद्य साम्राग्री वितरण गरेको हो । त्यस्तै तराइ भू परिधि कार्यक्रम तालले पनि आज कचनापुरको टिकुलीपुरमा राहत वितरण गरेको जनाइएको छ । संस्थाका कर्मचारीहरुले एक महिना बराबरको तलव रकम संकलन गरी करिव ३ लाख रुपैयाले खाद्य साम्रगी संकलन गरीएको कार्यलयले जनाएको छ । युवा संघ बाँकेले आज कचनापुरको टिकुलीपुरमा राहत सामाग्री वितरण गरीएको छ । लगातारको वर्षाका कारण आएको बाढिबाट प्रभावित क्षेत्रका स्थानियहरुलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । बिभिन्न संघसंगठनहरुले पछिललो समय सहयोग अभियान संचालन गर्दै आएका छन ।

     

  • ३० श्रावण २०७४, सोमबार १८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित