मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अविरल वर्षाका कारण विस्तापित हुन पुगेका घर परिवारलाई सहयोग गर्न सहयोगी हातहरु बढ्ने क्रम जारी
  • मार्गरेखा संवाददाता

  • अविरल वर्षाका कारण विस्तापित हुन पुगेका घर परिवारलाई सहयोग गर्न सहयोगी हातहरु बढ्ने क्रम जारी

    शनिवारदेखिको अविरल वर्षाका कारण बाढि तथा डुवानबाट घरवारविहिन हुन पुगेका राप्ती सोनारी गाउँपालिका अन्तर्गतका टिकुलीपुर, राप्ती पारीको लालपुर, धामपुर र फत्तेपुर क्षेत्रका पीडितहरुलाई हरेक दिन राहतस्वरुप नगद, खाद्यान्न, अन्य अत्यावश्यक सामाग्री सहयोग गर्ने सहयोगी हात बडिरहेका गर्ने सहयोगी हात बडिरहेका छन् ।

    कोहलपुरमा रहेका विभिन्न संघ संस्था तथा संगठनहरु अभियानकै रुपमा राहत संकलन गर्ने अभियानमा जुटेका छन् । कोहलपुर उद्योग वाणिज्य संघ, वागेश्वरी यातायात वस व्यवसायी समिति, पानस अटो मोटर्स प्रा.ली., अटो एशोसियसन बाँके, लियो क्लब अफ कोहलपुर, सुटर क्लबले राहत संकलन तथा प्रभावित क्षेत्रमा राहत वितरणमा अग्रणी भूमिका खेलेका छन् ।
    ३ लाख बराबरको नगद तथा अत्यावश्यक सामाग्री सहित खाद्यान्न र लत्ताकपडा बाढि तथा डुवान प्रभावितहरुलाई सोमबार सहयोग गरेको उद्योग वाणिज्य संघले मंगलबार पनि १ हजार २ सय बोत्तल पिउने पानी, ४ हजार ५ सय पिस चाउचाउ, ३ हजार ६ सय पिस विस्कुट, ३० बोरा चामल, ५ बोरा चामल, ११ बोरा चिउरा, ६ बोरा भुजा, ३ बोरा सोयाविन, १ बोरा चप्पल जुत्ता, १३ झोला लत्ता कपडा लगाएत दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु राप्ती सोनारी गाउँ पालिका अध्यक्ष लाहुराम थारुमार्फत पिडितलाई राहत सहयोग गरेको छ ।

    यता बागेश्वरी यातायात वस व्यवसायी समितिले पनि १ लाख ३० हजार बराबरको पानी, चामल, दाल, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु बैजापुर पुगेर राप्ती सोनारी गाउ पालिका अध्यक्ष थारुमार्फत पीडितहरुलाई सहयोग गरेको छ । ६०-६० हजार रुपैयाँ बराबरको पानी, विस्कुट, भुजा, चिउरा, चाउचाउ र तयारी खाजा लगाएत अन्य उपभोग्य खाद्यान्न राहत सहयोग गर्दै श्री पानस अटो मोटर्स प्रा.ली. र कोहलपुर अटो एशोसियसनले पनि सहयोगी हात पीडितलाई राहत सहयोग कार्यमा अगाडी बढाएका छ । यस अघि सोमबार सुटर क्लब कोहलपुर र लियो क्लब अफ कोहलपुरले संलकन गरेको राहत सामाग्री पीडितलाई हस्तान्तरण गरिसकेका छन् ।

  • ३१ श्रावण २०७४, मंगलवार २१:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित