मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढिबाट प्रभाावित बनेका ३ सय बढिको स्वास्थ्य परिक्षण गरियाे
  • मार्गरेखा संवाददाता

  • बाढिबाट प्रभाावित बनेका ३ सय बढिको स्वास्थ्य परिक्षण गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।

    स्थास्थ्य परिक्षण गरीएका नागरिकहरुमा विशेषगरी ज्वरो ,रुघांखोकि,छाला चिलाउने रोग र बान्ता हुने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बांकेमा प्रमुख खिमबहादुर खड्काले बताए । उनले मरेका जिवजन्तुलाई सुरक्षित स्थानमा गाड्न र पानि उमालेर मात्र प्रयोग गर्न आग्रह गरे ।

    पानि उमालेर चिसो भएपछि एउटा क्लोरिन ट्याबलेट ५ लिटर पानिमा राखेर खान उनले सुझाब दिएका छन् । आज पनि राप्तिसोनारी गाउपालिकाको कचनापुरमा कोहलपुर मेडिकल कलेजका चिकित्सकहरुको टोली ,खासकुश्मामा स्थानिय स्वास्थयकर्मिहरुको टोली ,र बैजापुरमा डाक्टर माधव बन्जाडेको टोली स्वास्थ्य परिक्षणमा खटिएको जनस्वास्थ्य प्रमुख खड्काले बताए ।

  • ३२ श्रावण २०७४, बुधबार २३:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित