मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अन्तरिक्ष गएका रुबियो ३७१ दिनपछि पृथ्वीमा फर्किए
  • मार्गरेखा संवाददाता

  •  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३७१ दिनपछि पृथ्वीमा फर्केका छन् ।

    अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी बनेका उनीसँगै अरु दुई रुसी अन्तरिक्ष यात्री पनि फर्केका छन् ।

    रुबियो १८० दिन मात्र बस्ने गरी अन्तरिक्षमा गएका थिए । तर उनको यान अन्तरिक्षमै केही चिज (स्पेस जंक) सँग ठोक्कियो । जसले गर्दा उनको यानमा केही खराबी आयो र उनको यात्रा लम्बियो ।
    अन्तरिक्षमा धेरै दिन बिताएका कारण उनी पृथ्वीमा फर्केपछि उनको हेरचाहका लागि एउटा रिकभरी टिम तयारी अवस्थामा थियो । गुरुत्वाकर्षण नै नभएको ठाउँमा लामो समय बसेका कारणा पृथ्वीमा फर्केका कारण उनको शरीरमा असर परेका कारण उनलाई रिकभरी टिमले यानबाट बाहिर निकालेको थियो ।
    उनको यो यात्राबाट धेरै महत्वपूर्ण जानकारी मिल्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् । मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्षमा रहन सक्छ, मांशपेशी, मस्तिष्क तथा पाचन प्रणालीमा के कस्ता असर परेका छन् भन्ने बारेमा जानकारी मिल्ने उनीहरुको आकलन छ ।

     

  • ११ आश्विन २०८०, बिहीबार २१:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित