काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्लाको प्रमुखका रुपमा खटिने प्रहरी अधिकृतलाई अपराध रोकथाम र चित्तबुझ्दो शान्तिसुरक्षा कायम गराउन भन्दै हस्ताक्षर ९कार्य सम्पादन करार० गराएर मात्र जिल्ला पठाउन थालेको छ ।
जिल्लाको इन्चार्ज भएर जाने प्रहरी अधिकारीलाई यसअघि संगठन प्रमुख अथवा सम्बन्धित क्षेत्रको प्रहरी प्रमुखले मौखिक रुपमा निर्देशन दिएर पठाउने परम्पराको अन्त्य गर्दै यस पटकदेखि अग्रिम कार्यसम्पादनमा हस्ताक्षर गराएर मात्र जिल्ला पठाउन थालिएको छ ।
प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल आएदेखि जिल्लाको नेतृत्व गर्दै जाने प्रहरी अधिकारीलाई कार्यसम्पादन करार गरेर पठाउन थालिएको हो ।
“कार्यसम्पादन करार गरेर जिल्ला प्रमुख भएर जाने प्रहरीलाई पठाउनु संगठन सुधारको यो एक नमुना हो । यसअघि जिल्ला प्रमुख भएर जानेहरुलाई राम्रो काम गर्नु भन्दै सामान्यतया ब्रिफिङ गरेर पठाउने चलन थियो, तर अब म यो बुँदामा यस्तो काम गर्छु, अथवा म अपराधलाई न्युनीकरण गर्न यो बुँदामा टेकेर काम गर्छु, म जान लागेको जिल्लामा यस्तो समस्या छ, यसलाई यसरी हल गर्छु भनेर आफू जानुअगावै हस्ताक्षर गरेपछि काम नगरी सुखै हुँदैन,” नेपाल प्रहरीका प्रवक्ता डीआईजी पुष्कर कार्की भन्छन्, “त्यसैले पहिला जिल्ला प्रमुख भएर जाने र अहिले जिल्ला प्रमुख भएर जानेहरुको धेरै फरक छ । यसले कार्यसम्पादनमा धेरै सुधार ल्याउने छ ।”
प्रवक्ता कार्कीका अनुसार जिल्ला जाने प्रत्येक प्रहरी अधिकारीले कार्यसम्पादन करार गरेर गएका छन् ।