मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकार र आन्दोलनरत चिकित्सकसहितका स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ — सरकार र आन्दोलनरत चिकित्सकसहितका स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार साँझ भएको वार्तामा सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।

    दुई पक्षबीचको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण सिंह र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

    दुई पक्षबीच ५ घण्टा लामो वार्ता भएको थियो । पोखराको मणिपाल अस्पताल, लमजुङ अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोधमा देशभरका स्वास्थ्यकर्मी ५ दिनदेखि आन्दोलनमा थिए । उनीहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्दै आन्दोलनमा सहभागिता जनाएका थिए । उनीहरुले दोषीलाई कारबाही र स्वास्थ्यकर्मी सुरक्षाको सुनिश्चितता हुने माग अघि सारेका थिए ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सहमति सरकार र आन्दोलनरत पक्षबीच भएको छ । मणिपाल लगायत स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारले प्रतिबद्धता जनाएको छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने सहमतिपत्रमा उल्लेख छ । सोही ऐनबमोजिम दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।ऐन संशोधन गर्न एक साताभित्र स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने भएको छ । स्वास्थ्यकर्मीहरुले कुटपिटमा संलग्न व्यक्तिलाई कम्तीमा ३ वर्ष जेल सजाय हुनुपर्ने माग राखेका थिए । गृहमन्त्री श्रेष्ठले सम्झौता सम्झौताका लागिमात्र नभएर सरकारले कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

  • १३ आश्विन २०८०, शनिबार २१:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित