मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेशका योजना कार्यान्वयन बारे खत्रीको चासो
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज,असोज १४ । लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले चालु आर्थिकबर्षमा विनियोजना भएका योजनाहरुको कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुभएको छ । बाँके क्षेत्र नम्बर ३(१)बाट निर्वाचित प्रदेशसभा सदस्य खत्रीले आईतबार सडक पूर्वाधार विकास कार्यालयमा पुगेर कार्यालय प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर ललितबहादुर न्यौपानेसँग  सडक र पुलका योजना बारे जानकारी लिएर तत्काल कामसुरु गर्न आग्रह गर्नुभयो ।
    यसैगरी प्रदेशसभा सदस्य खत्रीले आईतबार नै सहरी विकास तथा भवन कार्यालय पुगेर वस्ती विकाससँग सम्बन्धित योजनाको कार्यान्वयनको बारेमा निमित्त कार्यालय प्रमुख ईञ्जिनियर राम आशिषदाषसँग जानकारी लिनुभयो । सो अवसरमा दुवै कार्यालयका प्रमुखहरुले योजनाको टेण्डर प्रक्रिया सुरु भएको छिट्टै टेण्डर सकेर कार्यान्वयनमा जाने जानकारी दिनुभयो । खत्रीले योजना छनौंट मात्रै नभई कार्यान्वयन महत्वपूर्ण भएको भन्दै योजना कार्यान्वयनमा जटिलता भए सहजिकरण आफुले गर्ने बताउनुभयो ।

  • १४ आश्विन २०८०, आईतवार १४:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित