मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रियता भन्नु पनि त पैसै रहेछ साहेब !
  • मार्गरेखा संवाददाता

  • सुमन लम्साल

    बेला बेला दिमागमा कन्सुत्लो पस्छ । अनेक चिज सोचिदिन्छ । कति त भन्नै डर लाग्ने हुन्छन् । यसपाली पनि एउटा खतरनाक चिज सोचिदियो, यो देश नभए के हुन्छ ? झट्ट मुटु फुलेर जवाफ दियो । देश भनेको तेरो पहिचान हो । देश नचाहिने मान्छे त जंगलमा जानु । हत्तपत्त सम्झें मलाई यहि देश चाहि किन चाहिन्छ रु यदि म अर्को देशमा गएँ भने मेरो राष्ट्रियता म संगै जान्छ कि यतै छुट्छ रु के हो राष्ट्रियता रु के के कुराले बनाउछ राष्ट्रियताको दायरा रु यो देशको जीवजन्तुको हुन्छ कि हुदैन राष्ट्रियता रु कस्तो हुन्छ यसको मुख रु भयो अब प्रश्न मात्र नगरौं अब यसकै वरिपरी घुमेर केहि बातचित गरौँ ।

    मैले अघिल्लो साल आफ्नै ब्यबसायिक कामको लागि सिमाना नजिक लगभग २ महिना बस्ने अवसर प्राप्त गरेको थिएँ । त्यहाँका धेरै मानिस यस्ता छन् जसले म बसेको भुमि नेपाल हो भनेकै कारण हरेक दिन पिडा खेपेका छन । कहिले भारतीय भुशतिघ्रे एस.एस.पी को ज्यादति त कहिले चोर गुण्डाको ज्यादति । आज आफ्नो देशमा आफ्नो भएको जग्गा भोलि उठ्दा सिमाना सरेर अर्कै देशमा अर्काको हुने डर । अझ अर्कैले हडप्दा पनि केहि गर्न नसक्नु, डर भन्दा ठुलो पिडा हुदो रहेछ । यो देशको केन्द्र कतिसम्म निकम्बा र निरिह छ भन्ने कुरा त सिमानाको देश पढेपछि मात्र थाह हुने रहेछ । एस.एस.पी फौजले दिनदहाडै घर पस्दै मान्छे कुटेको २ दिन पछी मात्र नेपाली प्रतिनिधिहरु पुग्ने गर्छन । जहाँ देशको केन्द्रको अनुभव भोट हाल्दा र नागरिकता बनाउदा मात्र हुन्छ । सायद त्यहि ठाउँले धानेको छ देश । जहाबाट हरेक दिन अचानोमा शिर राखेर पनि मुखमा नेपाल भनिरहेका छन । यिनीहरु देशका पैताला हुन तर देशले यो कुरा भुल्नु हुदैन कि हरेकलाई उभिन पैताला नै चाहिन्छ ।

    त्यहाँ एउटा यस्तो महान बर्ग छ जो दिनभर खेतमा धान रोपेर बेलुका घरमा आएर घुंगी खाएर सुत्छ अनि भन्छ म धर्तीपुत्र हो । उनीहरुलाई देख्दा मलाइ एउटा कविताको लाइन याद आउछ । “सधै सधै खुट्टाले दौड जित्छ र अबिर निधारले लगाउछ । ” हो, यतिबेला केन्द्रीय राष्ट्रियता यस्तै निधार बनेर रातो भएको छ । जुन ठाँउ हिजोबाट नै पीडाको झन्झिरले बाँधिएर बसेको थियो आज त्यहि ठाँउ सबै भन्दा बढी प्रयोग भएको छ । केहि राजनैतिक दलाल र छिमेकका भरौटेहरुले आशाको ललिपप देखाएर अबोध बाल मस्तिष्क भएका तिनै मजदुरहरुलाई आफ्नो सत्ता र स्वार्थको लिस्नो बनाएका छन् । अनि हामि आज केन्द्रका बुद्दिजिबी तिनै दलाललाई आधार बनाएर भनिदिन्छौ मधेशको कुनै राष्ट्रियता छैन । उनीहरु फगत भारतको लागि मात्र बनेका हुन । आज राज्य यति बहिरो र अबुझ भएको छ सबै जानेर पनि नबुझे जस्तो गर्छ । तराइमा ८०५ सिट जितेका तिन दलहरुले किन बुझाउन सकेनन उनीहरुलाई कानुन रु किन जम्मा जम्मी ३०र३२ हजार मात्र ल्याएका तिनै हिजो देखिका भारतका दलालहरुले कब्जा गरेका छन् तराइ रु अब त कतिसम्म भने अरु कुनै पार्टी र जनाप्रतिधिनीलाई प्रवेश निषेध सम्म गर्ने भएछन् । किनकि अरुले गएर त्यहाँका जनतालाई कुरो बुझाईदेलान र आफुले प्रयोग गर्न पाइदैन कि भन्ने उनीहरुलाई ठुलो चिन्ता छ ।

               सुमन लम्साल

    यस्तो सब जान्दा जान्दै पनि किन मुख्य दल मौन बसेका छन् । के उनीहरुले परिचालन गर्न सक्ने आफ्नो कुनै ग्राउण्ड फ्लोर छैन त्यहाँ रु कि उनीहरु जानी जानी मधेश जलेको हेर्न चाहन्छन रु बिदेशको एसीमा बसेर यहाँको राष्ट्रियताको बारेमा अभिव्यक्ति दिने भाडाका बुद्दिजीवीहरुले कहिल्यै यसको अर्थ मनन् गरेका छन त रु उनीहरुले उचालिदिएको राष्ट्रियताको खोक्रो मादल हामीहरुले कतिन्जेल बजाई राख्न सकिएला रु भारतको दुताबासमा गएर गुन्द्रुक पकाउदैमा देखिन्छ र देशभक्ति रु उसले हाम्रो नै कमजोरी माथि हानिराखेको कुरा सबैलाई थाहा भएर पनि किन मौन छउ हामीहरु । ‘ब्याक अफ इन्डिया’ लेख्ने कति जनाले भन्न सके कि ‘गो लिडर मधेस’ भनेर रु पहिले हामीहरु आफु मिल्यौ भने मात्र मिल्छ देश अनि बल्ल मिल्दैनन् अरुहरु । अहिले त भारतले नाकाबन्दी फुकाए पनि देश भित्र उसले राखेका दलालहरु कुनै साधन छिर्न नदिने पक्षमा छन । यो बेला भूपिको याद आउछ “हामिहरु आफै मिल्न पनि नसक्ने, कसैले मिलाइदिनु पर्ने, हामीहरु आफै फुट्न पनि नसक्ने, कसैले फूटाइदिनु पर्ने ।

    एक जना त्यहि गएर आएका दाइको भनाइ अनुसार अहिले प्रत्यक आन्दोलन गर्ने आन्दोलनकारीलाई दिनको २ छाक मासु र भात अनि १००० भारु तलबको ब्यबस्था रहेछ । खुलम खुल्ला ५० लाखको बिमा गरेको त हामि सबैको सामु छर्लङ्ग नै छ । कति सस्तो भएछ है नेपालीको भाउ । पेटमा बलेको भोकको राकोले नभन्दो रहेछ, देश । देशमा बस्न भन्दा देश छोड्न बढी मन गरिरहेको अहिलेको पुस्तालाई नालापानी को कथा त एउटा दन्ते कथा हो साहेब १ के तपाइलाई लाग्दो हो आजको पुस्ता १ थोपा पानी र रगत शरीरमा रहुन्जेल भारतसंग लडिरहन्छ । यदि लाग्छ भने एकपटक देशको नागरिकता त्याग्नेको अभिलेख माग्न जानुस । राष्ट्रियताको शंख फुक्ने कुनै एक बुद्दिजिविलाई भनिदिनुस म तलाई सजिलै अमेरिकाको ग्रिन कार्ड दिन्छु जान्छस रु तपाइको राष्ट्रियता उसको उत्तरमा भेटिन्छ ।

    ट्वीटरको टि,एल स्क्रोल गर्दै थिएँ । एकैछिनमा धेरैका डिस्प्ले पिक्चर देशको झन्डा बोकेर खडा भए । तत्काल मैले नबुझेको कुरा उनीहरुको फोटोमा झन्डा राखेको कि झन्डामा उनीहरुको फोटो राखेको रु फेशाबुक खोल्दा पनि उस्तै राम रमिता थियो । धेरै बेर नियालेपछी थाहा हुदै गयो त्यसरी आफ्नो मुखमा झण्डा पोत्नेहरु अधिकांश देश छोडेकाहरु थिए जसले भारतको सक्दो उछितो काडेर आफ्नो फोटो झण्डाले रंगीचंगी बनाएका थिए । त्यो मध्ये पनि अधिकांश मनुवाहरु अरु देशमा ५-१० बर्ष बिताएर पी.आर ग्रिनकार्ड पनि हात पारिसकेका थिए । उ बेला “हजुर म नेपाल भन्ने मुलुकमा बस्न सकिन मलाइ तपाइको देशको शरण चाहियो शरण पाम ।” भनेर लम्पसार परि परि पी।आर निकालेका मनुवाहरुमा आज फेरी कहाँबाट जाग्यो यस्तो राष्ट्रियता रु जाबो एक छाक मिठो खाना र एक सरो राम्रो लुगामा बिक्ने उनीहरुको राष्ट्रियताको परिभाषा के हो रु डुब्लिकेट कि ओरिजिनेल रु देशलाई एउटा बालगृह जस्तो जन्म दिने भाडाको कोख मात्र बनाएर सम्पूर्ण आफ्नो उर्जा अन्त कतै खर्च गरेर नफर्कने वाचा गरेका उनीहरुलाई, देशको झन्डामा आफ्नो अनुहार पोत्ने अधिकार चाँहि कसले दियो रु हामि जो यहाँबाट अलिक जान्ने बुझ्ने मानिन्छौ उनीहरु पनि उनकै हो मा हो मिलाउदै भारत मुर्दावाद भारत मुर्दाबाद भन्दै छौं ।

    एकातिर उनीहरुलाई महान राष्ट्रबादीको बिल्ला भिराइ रहेका छौं भने, अर्काेतिर जसले सदियाैं देखि सिमानामा बसेर देशको निम्ति आफ्नो छातीको काडेतार खाडा गर्यो, नेपाली भन्ने पहिचान जोगाउन कै लागि आफ्ना धेरै चेलिबेटीको इज्जत गुमायो उसलाई चाहि देशद्रोही भारतीय भनिराखेका छौं । अन्त्यमा, दिनको हजारमा बिकेको नागरिकता, पी।आर धारीको ‘स्मार्टनेस’मा देखिएको देशभक्तिको परिभाषा अनि आफ्नै सिमानालाइ गरेको तिरस्कार । यो सब आँखै अगाडी देखिसकेपछि भन्न मन लागेको छ । राष्ट्रियता भन्नु पनि त पैसै रहेछ नि साहेब !

  • ५ भाद्र २०७४, सोमबार ०९:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित