लगातारको बर्षापछि जाजरकोट सदरमुकाम खलंगामा पहिरो गएको छ। पहिरोले ठाँटीबजारको न्यूरोडस्थित नेपाल रेडक्रस सोसाइटीको भवनदेखि थाप्लेस्थित खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय सम्मका दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका हुन् ।
भौगोलिक अवस्थाको अध्ययननै नगरि धमाधम ठुला भवन मापदण्ड विपरित निर्माण गरिएको, घर निर्माण गर्ने क्रममा आएको माटो जथाभावी फालिएको कारण पहिरो गएको स्थानियकाे भनार्इ छ ।
पहिरो गएसँगै जाजरकोट डोल्पा सडकको खलंगा रिम्ना सडकखण्ड पनि अवरुद्ध भएको छ।
पहिरो रोकथाम गरी मोटर बाटो सुचार गर्न र बस्ती सुरक्षित राख्न कम्तिमा ५ करोड रुपैँया लाग्ने प्राविधकहरुको भनाई छ। प्रहरीले पहिरोको उच्चजोखिमा परेका परिवारलाई सचेत रहन आग्रह गरेको छ।