काठमाडौ सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा नेपाली टोलीलाई अग्रता दिलाए थिए ।
पहिलो हाफको इन्ज्यूरी समयमा भारतका रिक्की जोहले प्रहार गरेको बल गोलरक्षक बिशाल सुनारले कलेक्ट गर्न नसक्दा डिफेण्डर सञ्जीव अर्यालले गोललाईनबाट क्लियर गरी गोलको खतरा टारेका थिए ।
पहिलो हाफमा भारतलाई दवावमा राखेको नेपालले सोही लय दोस्रो हाफमा कायम राख्न सकेन नेपालले दुपै गोल डिफेण्डरहरुको तालमेल मिल्न नसक्दा गोल खाएको थियो । ५९औं मिनेटमा लालरोकिमाले गोल गर्दै खेल बराबरीमा थिए । ७५औं मिनेटमा भारतले अग्रता लियो । यस गोल पनि नेपाली डिफेण्डरको कमजोरी कारण भएको थियो । भारतका बिक्रा प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए ।