मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरको प्रस्ताबिक अन्र्तराष्ट्रिय किकेट मैदान गौचरका रुपमा परिणत हुदै
  • मार्गरेखा संवाददाता

  • अन्र्तराष्ट्रिय स्तरका महिला क्रिकेट खेलाडी उत्पादन गर्न सफल प्रस्ताबिक अन्र्तराष्ट्रिय किकेट मैदान कोहलपुर बाँकेको करिव १ करोड रुपैया खर्च गरि सक्दापनि गौचरमैदानको रुपमा परिणत हुदै गएको छ ।
    एक दशक पहिले नेपाल राष्ट्रिय क्रिकेट टीमका क्यापटेन लेख बहादुर क्षेत्रिको अगुवाईमा बाँकेको कोहलपुर क्षेत्र भित्रका बिद्ययालका छात्राहरुलाई क्रिकेट खेल प्रति आकर्षण गर्नेका लागी प्रयोग गरिएको उक्त मैदानबाटै नेपालमा पनि महिलाहरु क्रिकेट खेल्न सक्ने बातावरण सृजना भएको थियो । सोहि मैदानमा बिभिन्न स्तरका महिला क्रिकेट प्रतियोगीता भएपछि त्यस मैदानमा खेलीहेका महिला क्रिकेट खेलाडीहरुको चर्चा सुरु भई अन्य जिल्लामापनि महिला क्रिकेट प्रतियोगिताको शुभारम्भ भएको तर जुन मैदानबाट महिला क्रिकेटको सुरुवात भयो त्यहि मैदानको भौतिकपुर्वाधारका कमीले महिला खेलाडीहरु शुन्य रहेको कुरा नेपाल राष्ट्रिय क्रिकेट टीमका पुर्वक्यापटेन लेख बहादुर क्षेत्रीले जनाए ।


    कोहलपुर क्षेत्रका क्रिकेट प्रेमीहरुको दबावमा कोहलपुर नगरबिकाश समितीले २०६३ सालमा करिब ४ बिगाह १८ कठ्ठा प्रस्ताबिक अन्र्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरको नामकरण गरि नेपाल क्रिकेट संघलाई ३० बर्षा लागी हस्तान्तर गरेको कुरा स्थानिय नेपाल क्रिकेट संघ क्षेत्रिय पुर्व उपाध्यक्ष चिन्तामणि धिताल जनाए । सो मैदानको भौतिक पुर्वाधार बिकाश गर्नका लागी नेपाल क्रिकेट संघले ५लाख रुपैया छुटयाएर कार्य सुरु गरेको केहि बर्ष भित्र नेपाल सरकारले २०७१÷२०७२ मा ३० लाख रुपैया छुट्टयाएर समान्य कार्य भईरहेको र नेपाल सरकारले गत आर्थिक बर्ष २०७२÷२०७३मा छुट्टयाएको ६० लाख रुपैया फ्रिज भएपछि अन्र्तराष्ट्रिय क्रिकेट मैदानको निमार्णमा बाधक भएको कुरा नेपाल राष्ट्रिय क्रिकेट टीमका पुर्वक्याप्टेन लेख बहादुर क्षेत्री जनाए । स्थानिय खेल प्रेमीहरुको पुन दबावमा नेपाल सरकारले २०७३÷२०७४ मा ६० लाख छुट्टयाएर मैदानको पुर्वपट्टि तटबन्धनमै खर्च गएिको छ । करिव १ करोड रुपैया खर्च भईसक्दापनि प्रस्ताबित अन्र्तराष्टिय क्रिकेट मैदानको समान्य भौतिक पुर्वाधार निमार्ण नहुनु दुखको कुरा बाँके जिल्ला भलिभल संघका उपाध्यक्ष गोबिन्द पौडेल बताउदै अन्र्तराष्टिय क्रिकेट मैदानको कोहलपुर साचैकै निमार्ण गर्ने हो भने नेपाल सरकारले स्थानिय खेल प्रेमी,व्यापारिहरुको उपोभक्ता समिती गठन गरि कार्य गरेमात्र काम हुने बताए ।

    अन्र्तराष्टिय क्रिकेट मैदानकाको छिटो निमार्ण गराउनका लागी सोमबार खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी लाई क्षेत्रिय खेलकुद बिकाश समिती नेपालगजले अनुगमन तथा निरिक्षण गराएको छ । खेकुदमन्त्री राजेन्द्र कुमार के सीले नेपाल सरकारले प्रस्ताबित अन्र्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरलाई मान्यता दिएको कारणले बिगतमा बजेट छुट्टाउदै आए तर बिगतमा के भयो मलाई थाहा छैन्न । बर्तमान सरकारको मान्यता खेलकुद बाटै देशमा स्वस्थ्य जनशक्तिी उत्पादन गरेमात्र राष्ट्र स्वस्थ्य हुने भएकोले कोहलपुर क्रिकेट मैदानको भौतिक पुर्वाधार निमार्ण गर्नका लागी यस आर्थिक बर्षमा १ करोड रुपैया छुट्टायाएको १ महिना भित्र निमार्ण प्रक्रिया सुरु हुने बताए । सोहि कार्यक्रमा कोहलपुर नगर पालिका वडा नं ११ वडा अध्यक्ष कर्ण बहादुर थापाले अन्र्तराष्टिय क्रिकेट मैदानको बिकाश गर्नका लागी कोहलपुर नगर पालिकाले आर्थिक बर्षमा बजेट छुट्टाउन लागेको जानकारी दिदै बजेट सदुपयोगका लागी सबै सचेत हुनु पर्ने बताए । मैदान निरिक्षमा राष्ट्रिय खेलकुद परिषदका कोषाअध्यक्ष सुरेन्द्र बहादुर हमाल,मध्यपश्चिम खेलकुद बिकाश समितीका अध्यक्ष भिम ओली, नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोईराला, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारी, कोहलपुर नगर पालिका वडा नं १० वडा अध्यक्ष निरज चलाउने,बिभिन्न राजनैतिक दलका प्रतिनिधी,खेलकुद प्रेमी,खेलाडीहरुको उपस्थिती रहेको थियो ।

     

  • १२ भाद्र २०७४, सोमबार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित