कोहलपुर भाद्र १४ । भौतिक पुर्वाधार तथा यातायत मन्त्री बिर बहादुर बलायरले बर्तमान सरकार नेपालको संबिधान कार्यान्वय गरि जनताको अधिकार जनताकै घरदैलोमै प्रदान गदै सदाका लागी शान्ती र दिगो बिकाशका लागी परेको बताए ।
कृयाशिल पत्रकार संघ बाँकेले बुधबार कोहलपुरमा आयोजित पत्रकार भेटघाटमा बताएका हुन । मन्त्री बलायरले नेपाल र भारत बिच रहेको अबिस्वासको बताबरणलाई प्रधानमन्त्री शेर बहादुर देउवा भ्रमणले समाप्त पारेको बताउदै भम्रणले नेपाल र भारतको नयाँ आयाम स्थापना गरेको हुनाले नेपालको बिकाश निमार्ण भारतले सघाउने बताए । पत्रकारको ए प्रश्नको जवाफ दिदै भौतिक पुर्वाधार तथा यातायत मन्त्री बिर बहादुर बलायरले आगामी मंसिरमा हुने निर्बाचन तोकिएकै समयमा बर्तमान सरकारले गराउने बताउदै मंसिरमा हुने निर्बाचनले नेपालमा दिगो बिकाशको बातारण सुरु हुने बताए ।
कार्यक्रम कृयाशिल पत्रकार संघ बाँकका अध्यक्ष निर्मल अर्चायको अध्यक्षतामा सम्पन्न भएको थियो