मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गैर सरकारी संस्था महासंघ, बाँकेद्धारा सम्मान
  • मार्गरेखा संवाददाता

  •  


    गैर सरकारी संस्था महासंघ, बाँकले महासँघका निबर्तमान अध्यक्ष प्रमोद रिजाललाई सम्मान गरेको
    छ ।
    महासँघमा आबद्ध सदस्य सँस्थाहरुको दुई दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटनमा रिजाललाई सम्मान गरेको हो । संस्थागत बिकासका लागि महत्वपूर्ण योगदान गरेका रिजाललाई सम्मान गरिएको हो ।
    कार्यक्रमका प्रमुख अतिथी गैसस महासँघ नेपालका केन्द्रीय सल्लाहकार गोपाल नाथ योगीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरि रिजाललाई सम्मान गरेका हुन् । महासँघको अध्यक्षको जिम्मेवारी बहन गरिरहेका रिजालले अध्यक्ष पदबाट राजिनामा दिई स्थानीय तहको निर्बाचनमा उम्मेद्धारी दिई नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १ को वडाध्यक्षमा निर्बाचित भएका थिए ।
    रिजाललाई बधाई सहित सम्मान गरिएको गैसस महासँघ बाँकेकी कार्यबाहक अध्यक्ष सपना भट्राईले बताईन् ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी योगीले गैससहरु बिभिन्न समस्याबाट ग्रसित भएको उल्लेख गर्दै गैससहरुलाई सहज तवरले काम गर्ने बाताबरण बनाउने दायित्व सरकारको भएको बताए । उनले गैससहरुको बिकास र परिवर्तनको साझेदार भएको बताए ।
    गैसस महासँघ मध्यपश्चिम क्षेत्रिय उपाध्यक्ष केशब कुमार शर्माले गैससहरुको क्षमता बिकास अहिलेको आबश्कयता भएको बताए । सम्मनित गैसस महासँघ बाँकेका निबर्तमान अध्यक्ष प्रमोद रिजालले सम्मानले महासँघ प्रति अझ जिम्मेवार बनाएको बताए ।
    महासँघकी कार्यबाहक अध्यक्ष सपना भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नमस्कार शाहले गरेका थिए भने अपेक्षा मन्तव्य सहभागि हेमराज भट्टले व्यक्त गरेका थिए । दुई दिन सम्म सञ्चालन हुने तालिममा २० जना सहभागि रहेका छन् ।

     

  • १५ भाद्र २०७४, बिहीबार १३:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित